logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

जनता बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट ।


  • जन आकाश
  • बिहिबार, असार १९ २०७६



जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल बिच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा हस्पिटलकाका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गर्नुभएको थियो । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा प्रदान गरिने छ । उक्त छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend