logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

साइकल व्यापारीद्वारा तौलमा ठगी


  • जन आकाश
  • बुधबार, असार २५ २०७६


काठमाडौं । काठमाडौं उपत्यकाका गल्लीगल्लीहरुमा र व्यस्त रहने रत्नपार्क, अशन, इन्द्रचोक, चाबहिल, नयाँ बसपार्क, कलंकी, चक्रपथ, बौद्ध, जोरपाटी, कोटेश्वर, लगनखेल, कालोपुल, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, सामाखुशी, जावलाखेल, एकान्तकुना, बुढानिलकण्ठलगायत क्षेत्रहरुमा साइकलमा फलफुल तथा तरकारी बेच्न राख्ने इन्डियनहरुले काँटा तराजुमा वजन जोख्दा ग्राहकहरुलाई ठग्ने गरेको प्रष्ट देख्न सकिन्छ । कुहिनाले तराजुको डोरीलाई अड्काएर तौलमा ठगी गर्ने गरेको फोटोमा प्रष्ट देखिन्छ ।
अझ गल्लीगल्लीमा तरकारी आयो भन्दै कराउँदै जानेहरुले सोझासाझा, बुढाबुढी बाआमाहले आँखा राम्रो नदेख्ने र धेरै बार्गेनिङ्ग पनि नगर्ने हुँदा तौलमा पनि ठग्ने र कुहिएका, सडेका सामान बिक्री गरेर जाने चलनले
व्यापक ठगी भएको देखिन्छ । काठमाडौं महानगरपालिकाले यस्ता व्यस्त सडकमा यात्रुहरुलाई नै असर पुग्ने गरी व्यापार गर्न रोक लगाएको भएपनि भारतीयहरुलई भने छुट दिने गरेको छ ।
नेपालीको पसलमा छापा भारतीलाई छुट
एउटा सामान्य चिया पसलेले थोरै थोरै चिया बेचेर गुजारा चलाउनको लागि नगरपालिकाको वडा कार्यालयमा पसल दर्ता गरी कर तिर्नुपर्छ । त्यही सानो चिया पसलमा काम गरेको देखाउनको लागि अनुगमनका नाममा टोलीहरु आएर दुःख दिन्छन् नेपालीले भाडा तिरेर खोलेको पसलमा अनुगमनले अनिवार्य नापतौल विभागबाट प्रमाणिकरण गरेको डिजिटल तराजु अनिवार्य राख्नुपर्छ नभए ऐन कानुन प्रयोग गरेर जरिवाना तिराइन्छ । तर चोकचोकमा अनधिकृत रुपमा काँटा र ढक तराजु कहिँ पनि दर्ता भएको हुँदैन र मापदण्ड पनि नभएकाहरुलाई कुनै कानुनले पनि छुँदैन नियन्त्रण गर्ने निकाय पनि चप छ यो विषय निकै रहस्यमय छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend