logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अहिले देशमा के हु“दैछ ?


  • मोहन कार्की
  • बुधबार, असार २५ २०७६


मोहन कार्की
यतिखेर कृषि प्रधान देश नेपाल गाउँ गाउँमा कृषि गरेर आफ्नो कठिनपूर्ण जीविको पार्जन गर्ने किसानहरुलाई शनिबारदेखि परेको वर्षाले खेतवारीमा रोपाइ गर्न व्यस्त छन् । उनीहरुलाई एता सरकार पक्ष र विपक्षी वा अन्य कुनै आन्दोलनकारीहरुले गर्ने आन्दोलनको कुनै चासो देखिदैन किनकी विगतमा सरकारमा पुगेका वर्तमानमा सरकारमा रहेकाहरुले प्रजातन्त्र स्थापना भएको ७० वर्षमा किसानहरुको हरेक उत्पादनको सुरक्षाको कुरा त पर जाओस मूख्य वाली धान रोप्नेबेला जहिले आकाशको पानी कुर्नुपर्ने र मल समयमा नपाउने समस्या ज्यूका त्यू रहे त्यही भएर नेपालमा किसानहरुले उखान टुक्का जानेका नेपालका प्रधानमन्त्रीलाई उखान टुक्काकै जवाफमा भन्ने गरेका छन् जुन जोगी आएपनि कानै चिरेको आन्दोलनकारी र असन्तुष्ट पक्षलाई किसानहरुले कागलाई वेल पाक्यो हर्ष न विस्मात ।
तर राष्ट्रिय राजनीति भने अलि फरक ढंगबाट अगाडी बढेको छ । नेपालको सत्तामा जहिले पनि केन्द्रमा रहनेहरुको दाउपेचहरु भने आ–आफ्नै जोड घटाउ गुणनफल गरिरहेको देखिन्छ ।
नेपाली काग्रेंस जो अहिले सकारको प्रतिपक्षमा छ । उसले भन्ने गरेको सबैभन्दा बढी विरोध गर्ने पक्ष तानाशाही अधिनायकवाद हो । यो सरकार निरकुंश लादन चाहान्छ । आफ्नो मनोमानी ढंगबाट अगाडी बढेको छ जस्ता आरोपहरु नेपाली काग्रेस पार्टीका सभापति शेरबहादुर देउवादेखि स्थानिय कार्यकर्ता सम्मले त्यही भन्ने गरेका छन् । भने सरकारले गरेका केही–केही निर्णयहरुको विरोधमा काग्रेस पार्टीको प्रदर्शन कतै कहिलेकाँही देखिन्छ आन्दोलन नै गर्ने मास बटुल्ने कुनै काम गरेको देखिदैन भित्रभित्रै प्रचण्डलाई फकाउन सकिन्छ कि भन्ने कुटनीतिक दाउमा काग्रेस रहेको जस्तो काठमाडौं उपत्यका र नेपालका शहरहरुमा बसेर राजनीति गफ गर्नेहरुले अड्कल गरेका छन् उनीहरुले व्यक्त गरेको भनाइलाई हामीले आधार बनाएका हौ ।
अर्काथरी कम्युनिष्ट हु भन्ने मोहन वैद्यले नेतृत्व गरेको चित्र बाट केसीले नेतृत्व गरेको, सिपी मैनालीले नेतृत्व गरेको कम्युनिष्ट घटकहरु यो सरकार कम्युनिष्ट खोल ओडेर जनताको नाममा जनतालाई दुख दिन र राष्ट्रिय अस्तित्व खतरामा पार्न लालयित देखिएको र विदेशीहरुलाई खुसी बनाउन होलिवाइन काण्ड एसिया भूमण्डलीय सागरमा अमेरिकी साम्राज्यवादलाई समर्थन गर्न र भारतीय विस्तारवादलाई सगाउन विदेशी दलालको रुपमा सरकार चलाइरहेको आरोप विभिन्न छलफल कार्यक्रम कोणसभामार्फत दिइरहेका छन् । त्यसको अलवा केही कम्युनिष्ट पार्टी र प्रजातान्त्रिक धारका पार्टीहरु सम्मिलित छुट्टै संयुक्त राष्ट्रिय आन्दोलन समेत घोषणा गरेर संघर्षमा जाने निर्णय पनि बजारमा देखिएको छ ।
यतापट्टि सरकारको भनाइ भने विरोध गर्नेहरु कतैबाट सञ्चालित हुन भन्ने आसय सहितको प्रधानमन्त्रीका सललाहकार समेत रहेका र नेकपा– नेकपामा स्थाई कमिटी सदस्य भइसकेका विष्णु रिमालले भनिन्छ छौडाहरु आफै चलमलाउदैनन् कसैले छोड्छन्, दुख दिन्छन् यि छौडाहरु आफै चलमलाएका हुन कि कसैले छोडेमा भन्ने सामाजिक सञ्चालमा भाइरल भइरहेको छ ।
यता पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७३ औ जन्मोउत्सव मनाइरहेका बेला विभिन्न क्षेत्रमा देशको अवस्थाबारे चिन्ता व्यक्त गर्ने वृद्धिजीवीको धारणा र स्थानीय प्रदेश र संघमा देखिएमा कन्फयूजनहरुले जनतामा विश्वस्त पार्न नसकिरहेको अवस्थामा सरकार भने समृद्धिको अभिपानमा रहेको प्रधानमन्त्री लगायत मन्त्रीहरुको भनाइ आइरहेकै छ तर, सम्बृद्धि कसरी ल्याइन्छ भन्ने आधार देखिँदैन जबकी दैनिक भान्सामा पाक्ने गोलभेँडा समेत छिमेकी देशबाट आयात गर्नुपर्छ अवस्था यस्तो देखिन्छ ।
राष्ट्रियता के हो ?
नेपालमा राष्ट्रियताको नारा बोकेर नारा लगाउने धेरैवटा पार्टी सरकारमा गइसकेका छन् । तर वास्तविकता भने त्यो राष्ट्रियताको नारा लगाउने पार्टी, संगठन काठमाडौं उउपत्यका र केही शहरको चोकमा मात्र सिमित देखिन्छ । सरकारले पनि राष्ट्रियताको नारा लगाएर नै सरकारको भ¥याङ चढेको हो । राष्ट्रियता बलियो बनाउन चाहाने हो भने सरकारमा बस्दा गहन अध्ययन गरेर राष्ट्र र जनतालाई हितहुने गरी ल्याइने दिर्घकालिन नीतिबाट मात्र सम्भव हुदो रहेछ । त्यस्तो दिनको पर्खाइमा बसेको नेपाली जनताले नेपालमा प्रजातन्त्रको अभ्यास भएको ७० वर्ष, बहुदलीय व्यवस्थाको ३० वर्ष र गणतन्त्रको १२ वर्षको अभ्यास हुदा समेत विश्वस्त हुने आधारहरु कतै पनि भेटिएका छैनन् । आत्मनिर्भरमुखी नेपाली समाज, आफ्नै उत्पादन, जबसम्म नेपालीले गरेर लामो सास फेर्दैनन् तबसम्म अस्थिरतालाई बढावा दिने नाम मात्रमा राष्ट्रवाद नेपालको लागि घातकसिद्ध भएको मात्र देखिन्छ । उदाहरणको निमित्त काग्रेसको राणाविरोधि आन्दोलन देखि माओवादी जनयुद्ध, तराई आन्दोलनसम्म आइपुग्दा राणा शासनकालमा खोलिएका उद्योग फलाम खानी, तामा खानी महेन्द्रका पालामा स्थापना गरिएमा कलकारखानाहरु वन्द गरेर राष्ट्रवादको नारा लगाउँदै पचाँसौ हजार भन्दा बढी अङ्गभङ्ग १७ हजार भन्दा बढी मानवीय क्षति व्यहोरी सकेको नेपालले देशमा उर्जा बोकेका युवाहरुलाई विदेश नि¥र्यात गरेर मर्दा मलामी, विवाहमा जन्ती जान समेत उर्जा जनशक्तिको अभाव सृजन ागर्ने कस्तो खालको राष्ट्रवाद र क्रान्ति गरेछन् भन्ने घाम जत्तिकै छर्लङ्ग छ । त्यसकारण वास्तविक नेपालीले गरेको क्रान्ति र परिवर्तन नेपालमा देखिएको छैन । यसका निम्ति सबै वास्तविक देशभक्त नेपालीहरुले एकपटक गहन भएर सोचुन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend