जन आकाश
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश् ा अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा यही असार २५गते आफ्नो ९२औशाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेतीमहत र वडा अध्यक्ष विमल लामिछाने,बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ भएको थियो ।यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend