जन आकाश
काठमाडौ लगायत विभिन्न क्षेत्रमा पैरो र बाढीका कारण धनजनको क्षति भएको छ । अहिले सम्म देशभरी बाढी र पैरोमा परी मर्नेको संख्या ११ पुगिसकेको छ । भने केही वेपत्ता भएका छन् ।काभ्रेमा ५५ बर्षिय गोमा दगाल उनकै नातिनी ७ बर्षिय सोहनी दगाल, रामेछाममा पदम कुमारी सुनुवार, भोजपुरमा ६६ बर्षिय जगत बाहादुर, १४ बर्षिय जनक बिक, ललितपुरमा सरोज जिम्बा, पर्सामा १० बर्षिय निखिल पटेल, मकानपुरमा सञ्चना बलामी,काठमाडौको मुलपानीमा डेरागरी बस्ने नितु यादव, सर्मिला यादव, कुन्दन यादव, रहेका छन् ।
क्तिपय ठाउहरुवाट विवरण आउन बाकी भएको हुनाले क्षति बढन सक्ने अनुमान लगाइएको गृह मन्त्रालयले जनाएको छ साथै सबैलाइ गृह मन्त्रलयले सुरक्षित र चनाखो रहन समेत आग्रह गरेको छ ।
सिंहदरवारको पुर्वी गेट नजिकैको पर्खाल पनि भत्कीएको छ । आज दिउसो पर्खाल सडक तर्फ भत्किदा केही घण्टा सडक अवरुद्ध समेत भएको थियो तर समयमा नै सेना प्रहरीले इटा ढुङगा पन्साएर अवरुद्ध सडक खुलाएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend