logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सांग्रिला र उपाय बीच सम्झौता


  • जन आकाश
  • आइतबार, साउन ५ २०७६



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लि बीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लि का तर्फबाट उक्त कम्पनीका अध्यक्ष सुमन रायमाझ्ीले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज लि मार्पmत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्न सक्नुहुनेछ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend