logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशिया डिबेन्चर २०८३÷८४ निष्काशन


  • जन आकाश
  • आइतबार, साउन ५ २०७६



एनआई सी एशिया बैंक लिमिटेडले मिति २०७६ श्रावण ६ गते सोमबारको दिन ‘एन आई सी एशिया डिबेन्चर २०८३÷८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने छ । ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवर(Private Placement) मार्फत् निष्काशन गरिएको छ भने रु. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिनेछ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति २०७६÷०४÷०९ देखि सर्वसाधारणको लागि विक्री खुला भई छिटोमा २०७६÷०४÷०९ तथा ढिलोमा २०७६÷०५÷०३ सम्म विक्री खुल्ला रहने छ ।

उक्त ऋणपत्रलाई Care Ratings Nepal लिमिटेडबाट (Low Credit Risk) जनाउने “CARE-NP A ” ग्रेडिङ्गका साथै, इक्रा नेपाल लिमिटेडबाट”[ICRANP-IR] A- ” (A माइनस० (ICRA NP Issuer Rating A Minus) साथै Care Ratings Nepal लिमिटेडबाट “CARE-NP A (IS)” ग्रेडिङ्ग प्रदान गरिएको जनाएको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको बैकले दावी गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (NEPSE) मा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण कडि (Milestone) हुने विश्वास बैंकले विश्वास लिएको आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मुलुकको हालको दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम् प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानीको लागि विरलै प्राप्त हुने यो उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिक फाइदा उठाउन सम्बन्धित सबैमा अनुरोध गर्दछांै विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend