जन आकाश
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ४ अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनी बजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा यही श्रावण ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या ९६ पुगेका छन् । बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रmपमा उदघाटन गर्नु भएको थियो । कारोबार आराम्भमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुबराज वास्तोला लगायतको उपस्थिति रहेको थियो । यसैगरी गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गर्नु भएको त्याहावाट जानकारी दिइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend