logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण


  • जन आकाश
  • मंगलबार, साउन ७ २०७६

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुर स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । मनसुनका कारण देशैभरीका ३१ भन्दा धेरै जिल्लाहरु प्रभावित भएका छन् । जसका कारण ११,८३९ भन्दा धेरै घर बार बिहिन भएका छन भने ९० भन्दा धेरैले ज्यान गुमाएको पुष्टि भईसकेको छ । सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २६० घरधनीलाई प्रति घर २५ केजी चामल, १.५ केजी दाल, १ केजी नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । साथै उक्त नगरपालिका वडा नं ७ का ५० घरधनीलाई सोहि बमोजिमको राहत सामाग्रीहरु वितरण गरेको छ । उक्त राहत सामाग्रीहरु स्थानिय निकायका जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु साथै सिप्रदीसँग आबद्ध व्यवसायीहरुको उपस्थितिमा वितरण गरिएको हो ।



यस वर्षको मनसुनी वर्षाको कारणले सप्तकोशी नगरपालिका स्थित त्रियुगा नदी आसपास बसोवास गरिरहेका परिवारहरु धेरै नै प्रभावित भएका छन् । गत जुलाई ११, २०१९ देखि सुरु भएको झरीका कारणले विशेषगरी दक्षिणपूर्वी जिल्लाहरु र त्यहाँका महानगरपालिका तथा नगरपालिका लगायतका बस्तीहरु प्रभावित भएका छन् । साथै देशैभरी बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम बढिरहेको
छ । यस्तो जटिल अवस्थामा सिप्रदी टे«डिङले पु¥याएको सहयोग मानवीय छ भन्दै स्थानियहरु खुसी भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend