logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आई.एम.ई. पेए (डिजिटल वालेट) र कामना वीच सहकार्य


  • जन आकाश
  • बिहिबार, साउन ९ २०७६

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनी संग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ । बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आई.एम.ई. पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । आई.एम.ई. पेए वालेट मार्फत ग्राहकले चन्द«ागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी,Mobile top up गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend