logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रभु बैंक लि. को २ वटा शाखाकार्यालय थपियो ।


  • जन आकाश
  • बुधबार, साउन १५ २०७६

प्रभु बैंक लिमिटेडले आप्mना शाखा सञ्जाल विस्तार गरी सेवा ग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवो पु¥याउने उद्देश्यका साथ पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा डिमुवा शाखाकार्यालय र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरे ठाँटीमा बिरेठाँटी शाखा कार्यालय गरी श्रावण १३ गतेका दिन एकै साथ २ वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले बिहान १० बजे र बिरे ठाँटी शाखाकार्यालयको अन्नपुर्ण गाउँ पालिकाका अध्यक्ष घनश्याम चपाईले अपरान्ह १ बजे छुट्टाछुट्टै रुपमा आयोजित उद्घाटन गरेका हुन ।



१३ गतेवाट नै सञ्चालनमा आएको प्रभु बैंकका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथीहरुले उदघाटनमा मन्तव्य राख्दै प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताएका थिए । बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend