जन आकाश
काठमाडौं । नेपाल राष्ट्र बैंकले विग मर्जरको योजना ल्याएपछि यतिबेला बाणिज्य बैंकहरु पाटर्नर खोज्ने मेलो मेसोमा लागेका छन् । राम्रो व्यवस्थापन र जनताको विश्वास जित्न सफल बैंकहरुले त सजिलै राष्ट्र बैंकले तोकेको बिग मर्जर योजनामा कठिनपूर्ण ढंगले पार गर्नेछन् भने राष्ट्र बैंक समक्ष फर्जि प्रतिवेदन देखाएर सधैं शेयरधनी ग्राहकहरुलाई झुक्याइरहेको सिद्धार्थ बैंकलाई भने यति बेला संकटको भूमरीले हुत्याइरहेको देखिन्छ ।
सिद्धार्थ बैंकको व्यवस्थापन देखिएको चलाखीपूर्ण गरिएको दुईथरी प्रतिवेदन बनाई राष्ट्र बैंक समक्ष एउटा र आन्तरिक प्रतिवेदन अर्को बनाइ ग्राहक, शेयरधनीलाई झुक्याउँदै आएको अनुमान लगाउने ठाउँहरु प्रशस्त भेटिन्छन् । बेला बेलामा निष्काशन गर्ने शेयरहरु नै पहिला नै सेटिङमा मिलाएर बाँचचुड गर्ने र सर्वसाधारणले शेयर लिन नपाउने गरी व्यवस्थापन गरेको देखिन्छ । किनकी सर्वसाधारणले शेयर प्राप्त गरेपछि प्रतिफल खोज्ने हुँदा आन्तरिक प्रतिवेदन र राष्ट्र बैंकलाई बुझाएको प्रतिवेदन बाहिर आउने डरले सिद्धार्थ बैंकले शेयर निष्काशनमा समेत चलाखीपूर्ण गरी आर्थिक अपचलन गरेको अनुमान सर्वसाधारणहरुको रहेको पाइएको छ ।
यतिबेला शम्भु प्रसाद गौतम सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका छन् । उनी त्यस बैंकको कार्यकारी प्रमुख भएपनि खराब ऋणमा अर्थात् नेपालको ब्ल्याक लिष्टमा नाम निस्केका व्यापारीहरुसँग उनको साँठगाँठ र दिनचर्या वित्ने गरेको छ । उनलाई बैंकका कर्मचारी, सर्वसाधारण, शाखा कार्यालयका कुनै पनि कर्मचारीले काम पर्दा भेट्न सक्दैनन् भने बैंकको वास्तविकताको बारेमा बुझ्न हाम्रो जन आकाशले बजारमा आएका सिद्धार्थ बैंकको बारेमा बुझ्नलाई फोन गर्न उनको कार्यालय सहयोगीले उहाँलाई सोझै सम्पर्क गर्न नसकिने र तपाइको नाम र फोन नं. दिनुस् सिइओ सापले आवश्यक ठान्नुभयो भने हामी तपाइहरुलाई फोन गर्छौ भन्दै राम्रोसँग कुराकानी नगरिकन फोन झ्याप्प राखे ।
यस खालका व्यवहारबाट पनि सिद्धार्थ बैंकको नियत र व्यवस्थापन पक्ष कस्तो खालको छ त्यसले सर्वसाधारणको सम्पत्ति सुरक्षित हुन सक्छ भन्ने विश्वसनीयता माथि प्रश्न उठ्ने ठाउँहरु देखिन्छ । हुनत बेला बेलामा सिद्धार्थ बैंकको विवाद र अनियमितता भएको समाचारहरु आउने गरेका छन् । त्यस्तो अवस्था आउँदा पनि सम्बन्धित निकायले चासो दिएर काम गरेको देखिँदैन ।
नेपालको गौतम बुद्धको अर्को नाम सिद्धार्थ हो यस्तो पवित्र नामलाई दुरुपयोग गरेर जग्गा माफिया र बैंक डुबाएर कालो लिष्टमा नाम परेकाहरुले बोर्ड सदस्यहरुमा अरुकै नाम राखेर जनताको सम्पत्ति फेरि कुनै बेलाको गोर्खा विकास बैंक जस्तै स्वाहा बनाउने त होइनन् भन्दै आम मानिसहरुमा संशय पैदा भएको छ । त्यसकारण सिद्धार्थ बैंकमा रकम जम्मा गरेका ग्राहकहरु इतिबेला तनाव सहजै अनुमान लगाउन सकिन्छ ।
स्मरणरहोस् यस वर्षबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बैंकहरुमा समेत आवश्यक परेका छापामारी आवश्यक कारवाही गर्ने व्यवस्था गरेको छ ।
सिद्धार्थ बैंकमा नेपालका ठुलै आर्थिक अपचलन गरेका र ठुला नाम चलेका व्यापारीहरुको लगानी रहेको हुँदा नेपालको अख्तियार दुरुपयोग अनुसन्धानले सिद्धार्थ बैंकमा भइरहेको अनियमितता छानविन गर्न आँट गर्छ कि गर्दैन हेर्न बाँकी ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend