जन आकाश
लक्ष्मी बैंकले आफ्न शाखा संजाल विस्तार गर्ने क्रममा १११ औँ शाखा काठमाडौँको भैसेपाटिमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेर शाखा स्थापना गरेको बैकले जनाएको छ ।
यस नयाँ शाखा थपेर ग्रहकहरुलाइ सुविधाहरु सहज हुने बैककाृे भनाइ आएको छ । लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १११ शाखा, २ एक्सटेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा बैंकका शाखा संख्या ११ पुगेको छ ।
यीशाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास राख्दै ग्रहकहरुमा अहिलेको सुविधा लिन पनि अनुरोध गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend