logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ विकास बैंकको आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा


  • जन आकाश
  • शुक्रबार, साउन १७ २०७६

 



मुतिmनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्नका लागि ‘ आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ भन्ने मुल नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ । आवास कर्जा आकर्षक ब्याजदरमा २० बर्षको लागि लिन सकिने बैकेले जनाएको छ ।

यसका साथै, बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५% सम्मको कर्जा १ वर्षका लागि लिन सकिनेछ ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ब्त्ः बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालन गरेर ग्रहकलाइ आकशण गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend