logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवाको नारायणगढ शाखा सञ्चालनमा


  • जन आकाश
  • बुधबार, साउन २२ २०७६

कामना सेवा विकास बैंक लि. को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मिति २०७६ साल साउन २१ गते (अगस्ट ०६, २०१९) देखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुरु गरेको छ । भरतपुर महानगरपालिका उपप्रमुख पार्वतीशाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गर्नुभएको थियो । स्थानान्तरण भइ कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भिम प्रसाद तुलाचन,प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमु्ख नारायणगढका सुरेन्द्र भण्डारी लगायत स्थानीय वासीहरmको उपस्थिति रहेको थियो । बैंकले नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend