जन आकाश
मोहन कार्की ठोसेली
ठोसे बजार काठमाडौ नेवाः पुचको सातौ साधरणसभा आज सम्पन्न भएको छ । काठमाडौको नयाँ बानेश्वरस्थित म्यगडोनल्स होटलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको संञ्चालन संस्थाका महासचीव सुरेश सरश श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष काजी बाहादुर श्रेष्ठले गर्नुभएको थियो । अतिथिहरुमा नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचीव बाबुराम श्रेष्ठ रहनु भएको थियो । ठोसेका काठमाडौमा बसोबास गरी बिभिन्न पेशामा आबद्ध व्यतित्वहरुको बाक्लो उपस्थिति रहेको थियो सोही अवसरमा संस्थाले ८० बर्ष भन्दा उमेर माथि भएका जेष्ठ नागरिकहरुलाइ सम्मान तथा यस बर्ष एस इइमा उत्रिर्ण भएका बिद्यार्थीहरुलाइ प्रोत्साहन सोरुप सम्मान र बधाइ दिएको थियो ।
ठोसे नेपालको एतिहासिक अथाहा फलामखानी भएको ठाउ हो । राणा साशनकालमा ठोसे मेक्चनमा हतियार बनाएर भोट युद्ध गरेर नेपाल देशले भोटलाइ युद्धमा हराएको थियो रे , तर आज नेपालमा प्रजातन्त्र आएपछि ठोसेवाट उत्खनन् गरी फलाम बनाउने काम सदाको लागि बन्द छ । जे जस्तो अवस्थामा भएपनि ठेसेलीहरु जहिले पनि मानवहित सामाजिक काम साथै मेहनत गर्न कहिल्यै पछि परेक छैनान् भन्ने उदारण यो ठोसे बजार काठमाडौ नेवाः पुचले दिएको छ । यो रामेछाम जिल्लाबासीहरुको लागि नै गौरबको बिषय हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend