जन आकाश
जन आकाश मिडियाको आयोजनामा जनआकाश राष्ट्रिय साप्ताहिकको १२ औं बार्षिक उत्सव काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भव्यताका साथ सम्पन्न भएको छ । जनआकाश मिडिया प्रा.लि.का अध्यक्ष मोहन कार्कीको सभापतित्वमा कार्यक्रम भएको हो । भने प्रमुख अतिथि रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा –मालेका महासचीव सिपी मैनालीले जनआकाश राष्ट्रिय साप्ताहिकको १२ औं बार्षिक उत्सव पानसमा बतिmबाली उदघाटन गर्नु भयो भने प्रमुख अतिथिको हातवाट राष्ट्र र समाजलाई योगदान पु¥याएका ब्यातिmत्वहरुलाई सम्मान गरिएको थियो ।
आजका बिशेष अतिथि रहनु भएका प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रष्ठको हातवाट गौरी पब्लिकेशन प्रा.लि. ले आज नै माइली लघु उपन्यास लेखक मोहन कार्की र बेदना नामक कविता सग्रह लेखिका राधिका पुरीलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बिशेष अतिथि श्रेष्ठले अनलाइन मिडियाले गरेका गतिबिधिको बारेमा सचेत हुदै जानुपर्ने र अहिले ल्याउन खोजिएको मिडिया बिद्येयकमा मिडियालाई नि¥यनत्रण होइन नियमन गर्नुपर्ने बताउनु भएको थियो । त्यसैगरी विशेष अतिथि रहनु भएकी वरिष्ठ समाजसेवी भद्रकुमारी घलेले नेपालको अवस्था बिग्रदै गएको र सवै दिदीबहिनीहरुलाइ डाडु पनियू लिएर निस्कन ढिलो गर्न नहुने बताउनु कार्र्यक्रममा बोल्ने क्रममा बताउनु भएको थियो ।
त्यसैगरी आजका अतिथि रहेका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले नेपालको पत्रकारितामा साप्ताहिक पत्रिका चलाएर पनि सामाजिक क्षेत्रमा योगदान पु¥याएका ब्यातित्वहरुलाइ सम्मान गरेकोमा जनआकाशलाइ धन्यवाद दिनुभएको थियोे ।
कार्यक्रमको अतिथि रहेका कुमार कार्कीले स्वागत मन्तब्य राख्नुभएको थियो । त्यसैगरी अतिथि नै रहेका मथिल्लो तामाकोशी सरोकार समितिका संस्थापक दिब्यध्वज कार्कीले माइलीका लेखकलाइ शूभकामना दिदै तामाकोशी जलविद्युतको अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा विशिष्ट व्यातिmत्वहरुको उपस्थिति रहेको थियो भने देशभरीवाट जनआकाश मिडियाका प्रतिनिधिहरु, उद्योगि व्यवसायीहरु, बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको माझमा राष्ट्र र समाजलाई योगदान पु¥याएका ब्यातिmत्वहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुने ब्यातिmत्वहरुको नाम यसप्रकार रहेको छ ।
चर्चित गायक आनान्द कार्की, नेपालका युवा बैज्ञानिक राम÷ लक्ष्मण, वरिष्ठ साहित्यकार तेजप्रकाश बानियाँ, वरिष्ठ पत्रकार हरि लम्साल, लेखकहरुमा बर्णमाला हाइकुका दुर्गा अधिकारी भमरकोटे, गोसाइकुण्ड यात्रानुभवका लेखक कृष्ण बाहादुर केसी, वेदना सग्रहकी राधिका पुरी,नेपाल लाइफका प्रमुख, कम्युनिकेशन एण्ड ब्रान्डिङ मेघेन्द्रप्रकाश गिरी,निर्माण व्यवसायी रत्नप्रसाद गौतम, औद्योगिक तर्फ किरण म्यानुफ्याक्चर्स सुज प्रा.लि. राष्ट्रवादी फणीन्द्र नेपाल, लेखा परिक्षक दिपेन्द्र कुमार कार्की, युवा पत्राकार गणेश खड्का, सक्रिय पत्रकार प्रेमप्रसाद नेपाल, सितेरियो करातेका खेलाडी÷प्रशिक्षक दिनेश महत, कारोबार दैनिकका बजार ब्यबस्थापक सत्यनारायण शर्मा,
त्यसैगरी कदर पत्र प्रप्त गर्नेहरुमा बिनोद भट्टराइ जनआकाशका डिजिटल वेभ डिजाइनर, मोहन पोखेल जनआकाशका चितवन साखा प्रमुख, सुरेश कुमार अधिकारी जनआकाशका स्वास्थ्य क्षेत्रका बिश्लेषक, यज्ञराज न्यौपाने जनआकाशका प्रखर डिष्ट्रिब्यूटर लगायतलाइ सम्मान तथा कदर पत्र बितरण गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend