जन आकाश
काठमाडौं । मुक्तिनाथ गोसाइकुण्ड यात्रानुभव नामक पुस्तक विमोचन भएको छ । यही २५ गते शनिबार बालाजुको गंगबुस्थित एक भव्य कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गरिएको थियो । पुस्तकका लेखक कृष्णबहादुर केसीले (सापकोट) गोसाइकुण्ड नेपालको रसुवा जिल्लामा पर्ने र त्यस धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भन्दै किताबको बारेमा आफूले यात्रामा देखिएका, भेटिएका र लागेका कुराहरु समेटेको बताएका थिए भने त्यस कार्यक्रममा प्रमुख अतिथि तथा नुवाकोटका सांसद बहादुरसिंह तामाङले किताबको विमोचन गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार, लेखक, कवि, कवियत्रीलगायतको उल्लेखनीय मात्रामा उपस्थिति रहेको थियो । त्यसैदिन लेखकलाई कृति प्रकाशन गरेवापत गौरी
पब्लिकेशन प्रा.लि.ले सम्मान गरेको थियो ।
त्यसैगरी गोसाइकुण्ड यात्रानुभवमा सहभागी भएका सहयात्रीहरुलाई लेखनले मायाको चिनो सम्मानपत्र प्रदान गरेका थिए । लेखकले यो भन्दा अगाडि पनि चुनौती (संयुक्त मुक्तक संग्रह) प्रकाशित लेखिसकेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend