जन आकाश
काठमाडौं । मानिसहरुले मेहनत गरेर कमाएको रकम सुरक्षित होस् भनेर बैंकमा राख्ने गर्छन् । तर ठिक उल्टो सिदार्थ बैंकमा रकम कारोबार गर्ने ग्राहकहरुको भने एकाउण्टबाट रकम हराउने गरेको ग्राहकहरुको गुनासो बढ्न थालेको छ ।
अचेल दिनहुँजसो सिदार्थ बैंकमा रकम कारोबार गर्ने ग्राहकहरुको हिसावमा स्टेटमेन्ट चके गर्दा ग्राहकहरुले राखेको रकममा घटी देखिएपछि त्यसको समस्या ग्राहकले जानकारी गराउँदा बैंकका कर्मचारीहरुले गैरजिम्मेवारी ढंगबाट तपाइहरुको रकम राखेको र झिकेको स्टेटमेन्टमा आइहाल्छ अरु धेरुै बुझ्नु परेमा केन्द्रीय कार्यालय हात्तिसार जानुहोला भन्ने गरेको र सिदार्थ बैंकको हात्तिसारमा गएर बुझ्न खोज्दा जहाँ तपाइले खाता खोलेको हो त्यहीँ ब्रान्चमा गएर बुझ्नुस भनि गैर जिम्मेवारी जवाफ दिएपछि ग्राहकहरु आक्रोशित भई त्यही केन्द्रीय कार्यालयमा रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद गौतमलाई भेट्न खोजेको तर शम्भुप्रसाद गौतमले पनि भेट नदिएपछि सिदार्थ बैंकमा रकम जम्मा गरेका ग्राहकहरु निरास भएर फर्केको देख्ने सुन्नेहरुले कुराकानी गरेको सुनिन्थ्यो ।
सिदार्थ बैंकको आन्तरिक समस्या उत्पन्न भएको त ग्राहकहरुलाई जानकारी भएकै हो । पछिल्लो समय एकपछि अर्को गर्दै सिदार्थ बैंकको समस्या विकराल बनेको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend