logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछाप काठमाडौ सृर्जनशील समाजले तेस्रो रामेछापब्यापी कार्यक्रम गर्ने


  • जन आकाश
  • सोमबार, भाद्र २ २०७६

रामेछाप काठमाडौ सृर्जनशील समाजले बिगतमा झै यसबर्ष पनि रामेछापब्यापीव प्रतिभा प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । उतm कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका १२ न. वडाको गेलुमा २०७६ भाद्र १३ गते गर्ने त्यस संस्थाका अध्यक्ष कृष्णहरि बुढाथोकीले बताएका छन् । त्यस कार्यक्रममा रामेछाप जिल्लाभित्रका कक्षा ९,१०,११,१२ मा अध्ययनरत बिद्यार्थीहरुले भाग लिन पाउने छन् । कार्यक्रममा हस्तलेखन, बक्तृत्वकला लगायत रहेकाछन् । कार्यक्रम गर्नुको उदेश्य बिद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा प्रष्फुटन गराउने, जिबन उपयोगी प्रतिभा र दक्षताको बिकाश गर्ने, बिद्यार्थीमा सामाजिक सकरात्मकता अभिबृद्धि गर्ने, सवै बिद्यालयका बिद्यार्थी र शिक्षकहरु बीच भेटघाट तथा अन्तरक्रियात्मक छलफलको बाताबरण तय गर्ने, बिद्यार्थीहरुको लेखन क्षमता बृद्धी गर्ने गराउने रहेको भनि कार्यक्रम तालिकामा उल्लेख छ ।
त्यस कार्यक्रममा भाग लिन यही भाद्र ८ गते अगावै स्कुल, बिद्यार्थीहरुले इमेल, फोन, म्यासेन्जर मार्फत माबि सिक्रालका प्र.अ. पवनराज खडकाको फोन ९८५४०४०२०० वा अर्का शिक्षक रामहरि बुढाथोकी को फोन ९८४१७८४८९९ मा फोन गरेर नाम दर्ता गर्न सकिने संस्थाले तयार पारेको तालिकामा उल्लेख छ ।
रामेछाप काठमाडौ सृर्जनशील समाजले स्थापनाकाल देखि नै बिभिन्न सकरात्मक सामाजिक कामहरु गदै आइरहेको छ । यो रामेछापबासीहरुको लागि सुखद र गौरबको बिषय हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend