logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनभोजनलाई जनता बैंकको रु. २ लाख सहयोग,


  • जन आकाश
  • बुधबार, भाद्र ४ २०७६

 



 

प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (Food for People) लाई जनता बैंकबाट सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २ लाख सहयोग हस्तान्तरण गरिएको छ । जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरिएको हो । प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोज कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खाना खुवाउदै आएको छ । साथै धदिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम संचालन गर्दै आएको छ । दैनिक करिव रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिबा खाजाको कर्याक्रम संचालनगर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो ।
धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तिलाई लक्षित गरी करिब १० बर्ष अगाडी देखि प्रेम सागर फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना ताथा खाजाको ब्यबस्था गर्दै आइरहेको छ । उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका सत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend