logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेकपामा नेपाललाई झट्का


  • जन आकाश
  • शुक्रबार, भाद्र ६ २०७६

 



 झलनाथ खनालको बढुवा ।
 माकुनेको वरियता घटुवा ।
 बामदेव बलियो स्थितिमा ।
 प्रचण्ड नेकपाको अध्यक्ष बन्न सक्ने ।
 नेकपाबाट नारायणकाजीलाई पाखा लगाउँदै ।
 इश्वर पोखरेलको पल्लाभारी ।
 विष्णु पौडेल संकटमा ।
 भीम रावल तङग्रीदै ।
 बादल अलमलमा ।
 तल्ला कमिटीहरुमा असन्तुष्टिको चाङ ।
मोहन कार्की
नेकपा अर्थात् नेपाल कम्युनिष्ट पार्टी डबलको स्थायी कमिटीको बैठकले केही दिन अगाडी मात्र संगठन विभागमा देखिएको विवादका बाबजुद नेकपाका स्थायी कमिटी सदस्य ईश्वर पोखरेललाई संगठन विभागीय प्रमुख बनाएपछि पूर्व माओवादी भित्र समेत निकै चर्चामा रहने गरेका र गोर्खा स्थायी भएका नारायणकाजी श्रेष्ठलाई जसरी डा. बाबुराम भट्टराईलाई पाखा लगाउन पुर्व माओवादीले प्रयोग गरेको थियो त्यसैगरी अहिलेको डबल नेकपाले नारायणकाजी श्रेष्ठलाई पाखा लगाउने नीति अनुरुप संगठन विभागको जिम्मेवारी दिने डंका पिटेर अन्तमा खिस्रिक्क पारिदिएको छ । यसले नारायणकाजी श्रेष्ठलाई विस्तारै नेकपामा पाखा लगाउँदै लाने संकेतको रुपमा अनुमान गर्न थालिएको छ ।
त्यस्तै अर्को संकट नेकपा–नेकपाका महासचिव समेत रहेका विष्णु पौडेललाई देखिन्छ । कुनै बेला पूर्व एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाहिने हात भनेर समेत चिनिएका तर पछिल्लो समय नेकपा माओवादी र एमालेको पार्टी एकीकरणपछि बनेको डबल नेकपामा प्रचण्डको पक्षमा लागेको ओली पक्षको बुझाइने गर्दा त्यसैको प्रतिशोधको रुपमा बालुवाटार जग्गा प्रकरणमा नेकपा–नेकपामा मुखपत्र पत्रिकाले महासचिव विष्णु पौडेलको विरुद्ध दिनहुँ समाचार प्रवाह गरिरहेको देखिन्छ । यही अवस्था घटना विकास गर्दे जाने हो भने डबल नेकपाका महासचिव विष्णु पौडेलको नेकपा पदीय हैसियत आउँदो महाधिवेशन अगावै संकटमा पर्न सक्ने देखिन्छ । त्यो अरुको कारण नभएर प्रधानमन्त्री ओलीको कारणले त्यो अवस्था आउन सक्ने बाम विश्लेषकहरुको भनाइले त्यही संकेत गर्दछ ।
नेकपा माओवादी जनयुद्ध कालमानै प्रचण्डको पेलानमा परेका र सांस्कृतिक कारवाही भोगेका रामबहादुर थापा बादलले अहिलेका गृहमन्त्री नेकपाका नेता पार्टी समिकरणपछि केपी ओली खेमामा लागेको देखिए पनि २०७४ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि चुपचाप बसेका बामदेवले पुनः नेकपामा उपाध्यक्षको हैसियत बनाएपछि बादल अलमलमा परेका छन् । बादलको केपी पछि नेकपा भित्र आफ्नो वर्चश्व बढाएर अध्यक्ष वा प्रधानमन्त्री हुन सकिन्छ कि भन्ने जोड घटाउमा कसरत गरिरहेका थिए । तर बामदेव जस्तो प्रभावशाली र निडर नेतृत्व उपाध्यक्षमा आएपछि बादल यतिबेला अलमलमा परेको देखिन्छ । यता प्रचण्डको साथ लागैं विगतको तिक्तता स्वीकार्न नसक्ने अवस्था यता केपी नेतृत्वलाई समर्थन गरौं आफ्नो लामो समयदेखि पालेको सपना उपाध्यक्षमा बामदेव गौतम आएपछि पुरा नहुने भएपछि अलमलमा परेका छन् ।
अर्का नेकपामा पोलिट्ब्यूरो सदस्य तथा सरकार भित्रकै विद्रोही नेता भनेर चिनिएका भिमरावल यतिबेला बलियो स्थितिमा तंग्रीन थालेका छन् । विगतमा गृहमन्त्री तथा उपप्रधानमन्त्री समेत चलाइसकेका रावल विष्णु पौडेललगायतका खेमाहरुकै कारण अवसरबाट वञ्चित हुँदै आएका थिए । पछिल्लो समयमा ७ नंं प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही लगायत पुर्व माओवादी र पूर्व एमालेका गुटका नरहेमा तटस्थ पक्षले भीम रावललाई समर्थन र साथ दिन थालेपछि पछिल्लो समयमा तंग्रीदै गएको देखिन्छ ।
नेकपाका पार्टी समिकरण गर्दा नै महासचिवको आकांक्षी देखिएका अहिले रक्षामन्त्री रहेका ईश्वर पोखरेलको माक्षमा पल्लाभारी भएको छ । यता रक्षामन्त्री महत्वपूर्ण जिम्मेवारी छ भने अर्कोतर्फ नेकपाका संगठन विभाग प्रमुखको जिम्मेवारी प्राप्त भएको छ । विगतमा विष्णु पौडेल र ईश्वर पोखरेल केपीको एउटै खेमामा रहेको भएपनि आफ्नो हैसियत बनाउनको लागि प्रतिस्पर्धा गर्न पछि नपरेमा पौडेल र पोखरेल बीचको लडाइले ईश्वर पोखरेलको पल्लालाई कसरी हेर्छ त्यसमा निर्भर पर्छ भन्नेहरु पनि भेटिन्छन् ।
एउटै जंगलका दुईवटा शेर हुन्छ भन्ने कथा कहिँ कतै पनि छैन दुईटा भएमा लडाई गरेर एउटाले जितेर अर्को हारेपछि त्यस जंगलबाट हार्ने सिंह बाटो लागेको कथा पढ्न पाइन्छ । तर नेपालको ठुलो पार्टी नेकपा–नेकपामा दुईवटा अध्यक्ष छन् एउटा केपी शर्मा ओली, अर्को पुष्पकमल दाहाल (प्रचण्ड) यी दुबै पार्टी अध्यक्ष हुन् । पार्टी एकीकरण भएको झण्डै डेड वर्षमा विभिन्न खालका असन्तुष्टिहरु आउने गरेकै छन् । भर्खर प्रचण्डको अभिव्यक्ति सार्वजनिक हुँदा पार्टी एकीकरण नगरेको भए बिप्लव जंगल जान्थेनन् कि भनेर सांकेतिक असन्तुष्टि पोखेका छन् । त्यो असन्तुष्टि बाहिर देखिन थालेपछि प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री पार्टी अध्यक्ष झलनाथ खनालले गरेको बामदेव गौतमलाई उपाध्यक्ष र आफ्नो वरियादामा ख्याल गर्न गरेको प्रस्ताव स्वीकार भएपछि कुनै बेला प्रचण्डले झलनाथलाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाले गर्दा प्रचण्ड डबल नेकपाको पार्टी अध्यक्ष बन्ने संकेतको रुपमा बुझ्न सकिन्छ ।
नेकपाभित्र निकै सक्रिय र अभ्यास गर्न माहिर मानिने र अन्य पूर्व प्रधानमन्त्री तथा अध्यक्ष भन्दा बढी जनसम्पर्क गर्न सक्ने, गरिरहेको माधव कुमार नेपालको वरियता यतिबेला नेकपाभित्र घटुवामा परेको छ ।
त्यसै त यो सरकारले गरेको काम प्रति तिखो आलोचना गर्दै आएका नेपाललाई उनले राखेको एक व्यक्ति एक पदको प्रस्ताव अस्वीकार भएपछि पार्टीको वरिष्ठ नेतामाथि ५ रेक्टर स्केलको भूकम्प जतिकै झड्का लागेको जस्तै गरी प्रतिक्रिया दिएका छन् । उनको प्रतिक्रियाबाट महाभूकम्पको झट्का जाने हो कि भन्ने आशंका जन्मिन थालेका छन् ।
नेकपामा तल्ला कमिटीहरुमा ठुलठुला विवाद सृर्जना हुन थालेका छन् । सरकारमा गएका मन्त्रीका वरिपरि बस्ने अवसर पाउने र ठेक्का पट्टा हत्याएर मनग्य आम्दानी गर्नेहरुले नै पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउने तर कम्युनिष्ट आन्दोलनबाट खरिएर त्याग, तपस्या गरेकाहरुले अवसर नपाउने र माओवादी र एमाले एकीकरणपछि जनवर्गीय संगठनहरुमा देखिएको असन्तुष्टिले भयंकर असन्तुष्टिको ठुलो चाङ बन्दै गएको देखिन्छ ।
नेपालमा कम्युनिष्ट पार्टी आदर्शवान, निष्ठा र सबैको हितमा काम गर्छ भनेर नेपालीहरुले बुझ्दै आएका थिए । कम्युनिष्टहले जात, धर्म, लिंगको विश्वास गर्दैनन् भन्ने बुझाई आज पनि नेपालमा छ । तर व्यवहारमा सत्तामा पुगेका पार्टीहरुले जातको नाममा, भाषाको नाममा, वर्णको नाममा अधिकार खोजेर, बाँडेर नेपालको स्थायित्वलाई भत्काउने तिर अग्रसर गराइराखेको छ । कहिल्यै अरुको दासत्व नस्वीकारेको देश नेपाल यतिबेला विदेशीहरुको षड्यन्त्रमा गइराखेको छ । नेपालमा गर्नुपर्ने कामहरु केही पनि गरिएका छैनन् । उद्योग भएका बन्द गरिएका छन् । नयाँ खोलिएका छैनन् । नेपालीलाई आत्मनिर्भर बनाउन काम गरेका छैनन् । विदेशमा पठाएर नकारात्मक संस्कृतिक भित्र्याउन लालयित छन् । त्यो प्रजातन्त्र स्थापनादेखि गणतन्त्रको १५ वर्ष भइसक्दा पनि यो निरन्तर नेपालीहरुले दुःख पाइनै राखेका छन् । नेपाल सरकारले गर्नुपर्ने कामप्रति ध्यान देओस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend