जन आकाश
मोहन कार्की
क्षेत्री समाज राष्ट्रिय महासंघको १८ औं साधरणसभा सम्पन्न भएको छ । काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरिएको हो । आजभन्दा १८ बर्ष अगाडी स्थापना भइ क्षेत्री समाज राष्ट्रिय महासंघले नेपालका क्षेत्री समुदायको इतिहाँस, धर्म संस्कृति, खसहरुको परम्परा र नेपालको इतिहाँस वर्तमान र भबिष्यमा क्षेत्रीहरुको राष्ट्रको लागि आवाश्यकता साथै क्षेत्री समुदायको हकहितको लागि सामुहिक एकता राष्ट्रिय सहिष्णुता र पिछडीएका क्षेत्रीहरुको बारेमा समेत चासो चिन्ता राख्दै अप्ठुयारोमा परेका क्षेत्रीहरुलाइ सामुहिक सावधानको उपाय खोजेर कार्यगरिरहेको संस्था भएको क्षेत्री समाज राष्ट्रिय महासंघका अध्यक्ष बिष्णु खड्काले कार्यक्रमलाइ जानकारी गराएका थिए ।
कार्यक्रममा आजका प्रमुख अतिथि समेत रहनु भएका प्रा.डा. सुरेन्द्र्र केसीले राष्ट्रको हितको लागि केही त्याग गर्नुपर्ने हुन्छ । राष्ट्र बलियो त्यतिखेर मात्र हुन्छ जब सवैले आफ्नो राष्ट्र भन्ने गर्ब गर्छन । याहात अहिले भैइरहेको विवाद हेर्दा निक्कै उल्टो गतिमा देश गइरहेको देखिन्छ भन्दै वर्तमान प्रति असन्तुष्टि पोखेका थिए।
आज क्षेत्री समाज राष्ट्रिय महासंघको प्रतिवेदन महासचीव बाहादुरसिंह बिष्टले मढेर सुनाएका थिए भने भावि कार्ययोजना समेत प्रस्तुत महासचीवले नै गरेका थिए । त्यसैगरी गएको आर्थिक बर्षको आर्थिक बिवरण बिष्णु कुमार खड्का कमलले पढेर सुनाएका थिए । कार्यक्रममा क्षेत्री समुदायवाट उपल्लो ओहोदामा बसेका पूर्व साहायक रथी तेज प्रकाश बानियाँ देखि पूर्व डिआइजी एआइजी लगायत बिशिष्ट व्यातिmत्वहरुको महत्वपुर्ण उपस्थिति रहेको थियो भने नेपालमा सवैभन्दा ठूलो जातिको रुपमा रहेको क्षेत्री जातिलाइ पनि जनसंख्याको आधारमा समानुपातिक कोटा छुट्याउन क्षेत्री समाज राष्ट्रिय महासंघका वरिष्ठ सल्लाहकार समेत रहेका कुमार कार्कीले कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा राखेका थिए ।
त्यस कार्यक्रममा बिभिन्न व्यातिmत्वहरुले बोल्ने क्रममा आ आफ्नो धारणा राखेका थिए । भने कार्यक्रममा आकर्षणको रुपमा कर्णाली प्रदेशको खस संस्कृतिक गीत गाएर महिला कलाकारहरुले मनोरञ्जन दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend