logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति फे¥यो


  • जन आकाश
  • शनिबार, भाद्र ७ २०७६

काठमाडौं ।



जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध गराउन मुलुकका विभिन्न ठाउँमा जग्गा खरीद गरिएको भए पनि सेना जग्गा प्लटिङको माध्यमबाट व्यापारमा लाग्यो भन्ने विभिन्न आरोप र टिकाटिप्पणी आएपछि सेना पछि हटेको छ । तर त्यो काम राम्रो थियो भन्छन् पूर्व सेनाहरु ।

सेनाले काठमाडौँको कीर्तिपुर, भक्तपुरको दुवाकोट, सुनसरीको इटहरी र चितवनको पिठुवामा जग्गा खरीद गरी बहालवाला तथा अवकाशप्राप्त सकल दर्जालाई सहुलियतपूर्ण किस्ताबन्दी सुविधामा घडेरी उपलब्ध गराउने योजना अघि सारेको थियो ।

त्यसमध्ये इटहरी र पिठुवाको घडेरी बिक्री भइसकेको छ भने कीर्तिपुर र दुवाकोटको जग्गा एक दशकअघि खरीद गरिएको भए पनि व्यवस्थित घडेरीका रुपमा विकास गरी सकल दर्जालाई उपलब्ध गराउन सेनाले प्र¥याश गरीरहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend