जन आकाश
प्रदेश न।३ का आर्थिक तथा योजना मन्त्री कैलाश ढुङगेलद्धारा आज दिउसो १२ बजे रामेछापको दोरम्बा गाउँपालिका गाउँकार्यपलिकाको भवन उदघाटन गरेका छन् । दोरम्बा गाउँकार्यपालिकाको कार्यलय टोकरपुरको थामचौरमा रिबन काटेर २५ कोठे भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रमको सभापतित्व दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले गरेका छन् । कार्यक्रममा रामेछापका अन्य गाउँपालिकावाट पनि प्रतिनिधिहरु अतिथिको रुपमा आएकाछन् खाडादेबी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ, उपाध्यक्ष मखमली श्रेस्ठ वडा अध्यक्ष पुस्कर कार्की लगायतको उपस्थिति साथै नेकपाका जिल्ला नेताहरु, प्रदेश कमिटीका पदाधिकारीहरु जिल्लाका पत्रकारहरु लगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ । कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, बिशेष अतिथि, अतिथिहरुलाइ दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृशिला घिसिङले स्वागत गर्नुभएको थियो उपाध्यक्षले स्वागत मन्तव्य राख्दै गाउपालिकाको भवन निर्माणका लागि सहयोग पु¥याउनुहुने सम्पुर्ण सहयोगदाता, जग्गादाता, स्थानीय मानुभाव र यस कार्यक्रमलाइ सहयोग प¥याउनुहुने सवैलाइ धन्यवाद दिएकी थिइन कार्यक्रम अहिले खाडादेबी गाउपालिकाका अध्यक्ष प्रेम तामाङ बोल्दै छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend