जन आकाश
मोहन कार्की
रामेछाप काठमाण्डौ सृजनशिल समाजको आयोजनामा र मा. बि. सिक्रालको संयोजनमा यहि मिति २०७६ भाद्र १३ गते शुक्रबार ,मन्थली नपा वडा नं १२ स्थित मा. बि. सिक्रालमा संस्थाको शैक्षिक प्रबर्धनात्मक कार्यक्रम तेस्रो श्रृखंलाको रूपमा भव्यततासाथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि रामेछाप जिल्ला समन्वय समितिका प्रमुख प्रेम खड्का, विशिष्ट अतिथि त्रय मन्थली नपाका प्रशासकिय अधिकृत हेमन्त बुढाथोकी, मनपा वडा १२ का अध्यक्ष कृष्णहरि अधिकारी, अतिथिहरू, प्रधानध्यापकहरू, शिक्षक र अभिभावकहरू, प्रतियोगि विध्यार्थीहरू लगायत शारादा मावी , पशुपति निमावी र मावी सिक्रालका विध्यार्थीहरूको सहभागितामा बक्तृत्वकला प्रतियोगिता र हस्तलेखन प्रतियोगिता सम्पन्न भएको हो । सो कार्यक्रमको अध्यक्षता संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले गर्नुभएको थियो भने मा. बि. सिक्रालका सहप्रधानध्यापक प्रलाद खत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रमको शुभारम्भ समारोहमा स्वागत गान र नृत्य प्रस्तुत गरिएको थियो । यसको साथै मा. बि. सिक्रालका प्रधानध्यापक पवनराज खड्काले सहभागि सम्पूर्णलाइ स्वागत गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उदेश्यसहितको मन्तव्य संस्थाका संयोजक कृष्णहरि बुढाथोकीले राख्नुभएको थियो । साथै, कार्यक्रमको प्रमुख अतिथि रामेछाप जिल्ला समन्वय समितिका प्रमुख प्रेम खड्काले शुभारम्भ मन्तव्य सहित दुवै प्रतियोगिता शुरूवात भएको घोषणा गर्नुभयो ।
कार्यक्रमको शुरूवातमा नै २०७५ सालमा कक्षा १ देखि अभिभावकत्व ग्रहण गरेका हाल कक्षा २ मा पुग्नुभएको विधालयको सहयोगमा छानीएका अत्यन्त आर्थिक विपन्न रहेका ५ विधार्थीलाइ संस्थाले विध्यार्थिहरूलाइ १८ थान कपि, १ थान झोला र नगद रु १००० दरले सहयोग गर्यो सहयोग गरिएका विध्यार्थीहरुमा शारादा माबि बाट राम कार्की र लक्ष्मी कार्की, पशुपति भुलभुले निमावी बाट अस्मिता कार्की
र मावि सिक्रालबाट मधु बुढाथोकी, शुस्मिता अधिकारी रहेका थिए।शिक्षा जिवनको ज्योति हो , सकेको भूमिका खेलौ १११आफ्नो मात्र होईन अरुको खुशि खोज्न पनि साथ दिऔ १११ भन्ने नारालाइ संस्थालाइ अंगालिरहेको छ भन्दै आयोजकले अवधारणा प्रस्तुत गरेका थिए ।
यसैगरि दोस्रो कार्यक्रम हस्तलेखनमा कार्यक्रममा ८ वटा मावीका ५६ जना प्रतियोगी विध्यार्थीहरू सहभागि भए । अंग्रेजी र नेपाली दुवै स्क्रिप्टमा लेखिएको हस्तलेखन प्रतियोगितामा मावी सिक्रालमा अभ्ययनरत विध्यार्थी छात्र श्री गोविन्द वि।क। र तामाकोशी ज।जा।मावी खिम्तिका छात्र श्री इराधा माजीले बराबरी अंकका साथ प्रथम स्थान हासिल गर्नुभयो भने दोस्रो स्थानमा शारादा मावी मा अध्ययनरत छात्रा श्री रस्मिता खड्काले दोस्रो स्थान र तामाकोशी ज।जा।मावी खिम्तीमा अभ्ययनरनत छात्रा पुष्पा थापाले तेस्रो स्थान हासिल गर्नुभयो । हस्तलेखन प्रतियोगिताको व्यवस्थापकीय संयोजन मा।वी सिक्रालका शिक्षक श्री सचितानन्द चौधरीले गर्नुभयो भने हर्रे चिण्डे मा।वी , शारादा मावी, नाटिला मावीमा अध्यापनरत ३ जना शिक्षकहरूले प्रतियोगीहरूको हस्तलेखनलाइ विभिन्न मुल्यांकन आधारमा रहेका मुल्यांकन गर्नुभएको थियो ।
प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हूनेलाई प्रमाणपत्र ,नगद सहितको ट्रफि र शैक्षिक सामाग्री पूरुस्कार रूपमा प्रमुख अतिथिबाट वितरण गरियो । यस्तै सवै सहभागि प्रतियोगिलाई प्रमाणपत्र सहित सान्तवना पूरुस्कार प्रदान गरियो ।
सहभागी सम्पूर्ण विध्यार्थीहरूलाइ समाजले प्रत्येकलाइ कपि वितरण गरेको थियो । कार्यक्रमको भव्य सफलताको लागि उपस्थित हुनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथी, प्रधानध्यापक, शिक्षक, मुल्यांकनकर्ताहरू, प्रतियोगि विध्यार्थीहरू, सहभागी सम्पूर्ण मानुभावहरूलाइर संस्थाका संयोजक कृष्णहरी बुढाथोकी र प्रमुख अतिथि प्रेम खड्काले धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रम सफलताको लागि अहोरात्र खटिनुहुने मा.बि. सिक्रालका प्रधानध्यापक पवन राज खड्का, सहप्रधानध्यापक प्रहाल्द खत्री, शिक्षक रामहरि बुढाथोकी लगायत सहयोगी सवैलाई संस्थाले बिशेष धन्यवाद ज्ञापन गरेको छ ।
विध्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, जिवन उपयोगि प्रतिभा र दक्षताको विकास गर्ने, विध्यार्थीमा सामाजिक सकरात्मकता अभिबृद्दि गर्ने, सवै विध्यालयका विध्यार्थी र शिक्षकहरूवीच भेटघाट तथा अन्तर्क्रियात्मक छलफलको वातावरण तय गर्ने, विध्यार्थीहरूको प्रस्तुती र लेखन क्षमता बृद्दी गराउने, विध्यार्थीलाइ अध्ययन र अनुषन्धानमा लाग्न थप उत्प्रेरित गर्ने उदेश्यका साथ च्प्ऋक् ल्भउब िसंस्थाले कार्यक्रम आयोजना गरेको कार्यक्रममा जानकारी गराएको थियो ।
“सामाजिक एकता प्रबर्धन गर्दै सुशासनयूक्त समृद्ध समाज निर्माण गरौं , एकताबद्ध उन्नत प्रयासद्धारा सामाजिक सेवा र मानविय हित प्रबर्धन गरौं”भन्ने मुल नाराका साथ स्थापित र संचालीत सामाजिक संस्थाले विगत ३ बर्षदेखि रचनात्मक सामाजिक काममा संलग्न हुदै र अन्य संघ संस्थालाइ समेत नमुना प्रस्तुत गर्दै आएको रामेछाप काठमाडौ सृर्जनशील समाजका अध्यक्ष कृष्णहरि बुढाथोकीले कार्यक्रममा बताउनु भएको थियो ।
आधुनिक विश्वव्यापिकरणको समयमा हामी एक गाउ ठाउमा मात्र सिमित हुन सक्दैनौ, विभिन्न अवसर प्राप्तिको लागि हामी प्रयाजसो जन्मस्थानबाट टाढा रहेका हुन्छौ। आफ्नो गाउ समाजबाट बाहिर बस्दै गर्दा हामिले प्राप्त गरेका अनुभव सिप, स्रोत र उत्तम जिवन व्यवहारहरू आफ्नो गाउ समाजमा थोरै भएपनि सकरात्मक विकासको लागि प्रयोग गर्नुपर्छ भनि हामि यस संस्था मार्फत एकताबद्द बनी सामाजिक कार्य विगत ३ बर्ष देखि गरिरहेका छौ संस्थाका अध्यक्षले भन्नुभएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend