जन आकाश
रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको कार्यपालिकाको केन्द्र समेत रहेको टोकरपुरमा नारीहरुले मनाउने ऋषि पञ्चमी तथा हरितालिका तिज कार्यक्रम गरी सामुहिक रुपमा मनाएका छन् । त्यस कार्यक्रमको आयोजना प्रगतिशील महिला सञ्जाल, दोरम्बा टोकपुर ३ र शान्ति तथा ग्रामीण विकास केन्द्र सिपोर्ड नेपाल दोरम्बा ३ टोकपुरले व्यवस्थापन गरेका थिए ।
त्यसदिनको कार्यक्रममा प्रमुख अतिथि दोरम्बार गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङ्ग रहेकी थिइन भने विशेष अतिथि दोरम्बा ३ का वडाअध्यक्ष लालवदन मगर रहेका थिए । प्रगतिशील महिला सञ्जाल दोरम्बा ३ कि संयोजक पवित्र कडेलले गाउँपालिकाले नारीहरुको पर्वलाई प्रोत्साहन स्वरुप कार्यक्रम नराखेकोमा गाउँपालिका प्रति ध्यानाकर्षण गराएकी थिइन् भने सो ध्यानाकर्षण पछि कार्यक्रममा विशेष अतिथिले कार्यक्रमलाइ सम्बोधन गर्दै यस बर्ष वडामा धेरैवटा कार्यक्रम र कार्यव्यस्तताको कारण मेरो ध्यान नपुगेकोमा क्षमा माग्दै आउँदा दिनमा वडास्तरीय तिज कार्यक्रमलाई पनि समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यनिै बेला कार्यक्रम माझमा आयोजकलाई सहयोग स्वरुप रु. ५ हजार नगद सहयोग प्रदान गरेका थिए । कार्यक्रमलाई भव्य बनाउन शान्ति तथा ग्रामीण विकास केन्द्रमा अध्यक्ष राजुराम पाठकको भमिमा पनि महत्वपूर्ण रहेको थियो ।
त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङ्गले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको संविधान २०७२ जारी भएपछि बनेका स्थानीय सरकार र स्थानीय क्षेत्रमा गर्नुपर्ने कामहरु नयाँ अभ्यासमा रहेको त्यसमा विविध धार्मिक सांस्कृतिक परम्पराहरु पनि रहेका र कतिपय हाम्रो ध्यान नपुगेको अवस्थामा तपाइहरुले ध्यानाकर्षण गराउनु स्वभाविक हो र आउँदा दिनमा गाउँपालिकास्तरीय कार्यक्रम गर्न मेरो तर्फबाट कुनै पनि कसर बाँकी नरहने भन्दै मन्तव्य राखेकी थिइन् ।
कार्यक्रमको सभापतित्व टोकपुरको जेष्ठ नागरिक दुर्गादेवी कँडेलले गर्नुभएको थियो । कार्यक्रमलाई आकर्षण ढंगबाट सञ्चालन गरी सफल बनाउन श्री कण्ठेश्वरी माविमा शिक्षक समेत रहेका वीरबल पाठकले दर्शकलाई नाच्न गाउन हौस्याउँदै उत्साह भरेका थिए ।
कार्यक्रम स्थलमा सबै जातजातिका महिला दिदीबहिनीहरु सामुहिक रुपमा नेपाली मौलिक गीत संगीतमा आफैहरु पनि मादल बजाउँदै नाचगान गरेका थिए कार्यक्रममा झण्डै ५ सयको हाराहारीको दर्शक उपस्थित रहेको थियो । बारीको पाटामा टेन्ट टाँगेर कार्यक्रम सञ्चालन गरेको हुँदा बारीको चौरमा बस्ने ठाउँ नहुँदा वारीको कान्ला कान्लामा बसेर दर्शकहरुले कार्यक्रम हेरेका थिए । दर्शकहरुलाई आयोजकले जुस वितरण गरेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend