logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दोरम्बा गाउँपालिकाको टोकरपुरमा भवन उद्घाटन

मन्त्री ढुङगेलले पटक पटक तुला कडेलको नाम लिए


  • जन आकाश
  • बुधबार, भाद्र २५ २०७६

मोहन कार्की



रामेछाप । दोरम्बा गाउँपालिकाको भवन प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले उदघान गरेका छन् ।
गाउँपालिका केन्द्र टोकरपुरको थामचौरमा निर्मित प्रिफ्याक भवनका मन्त्री ढुंगेलले उदघाटन गरेका थिए । भवनको उद्घाटन गर्दै मन्त्री ढुंगेलले जिल्लामा विकास निर्माणको कामले गति लिएको बताए । भवन उद्घाटन गर्ने क्रममा मन्त्री ढुंगेलले नेकपाका प्रदेश कमिटी सदस्य तुलाप्रसाद कँडेलको पटक पटक नाम लिएका थिए । विकास निर्माणको काममा बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्दै टोकरपुरमा रहेका अन्य पार्टीहरुलाई समेत माया गर्न गाउँपालिका प्रमुख कमानसिंहलाई निर्देशन समेत दिएका थिए । मन्त्री ढुंगुलले भने, ‘अब मन्थली–गाल्व–चौरीखोला जोडने सडक कालोपत्रे हुन्छ, यस वर्ष चार करोड रुपैयाँ अतिरिक्त बजेट विनियोजन गरेका छौं ।’
कार्यक्रममा उनले डडुवा,गाल्वा सडकलाई पनि कालोपत्रे गर्ने योजनाभित्र समावेश गरेको र आफ्नो कार्यकालमा उक्त सडक कालोपत्रे गर्न नसकेमा अर्को पटक भोट माग्न आफू नआउने समेत घोषणा गरे । १ करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको सभाहलसहितको
प्रिफ्याक भवन नागरिकहरुलाई सेवा दिन सजिलो हुने पालिका अध्यक्ष कमानसिंह मोक्तानले बताएका थिए ।
भवन उद्घाटन कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, सुनापती गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट, तुला प्रसाद कडेल, लव मगर, प्रकाश कुमार कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिं मोक्तान, उपाध्यक्ष कृशला घिसिङ र वडाध्यक्षहरुले मन्त्री ढुंगेलसहित अथितिहरुलाई स्वागत गर्दै नवनिर्मित भवनभित्र प्रवेश गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend