नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेत र महासचीव भुपेन्द्रजंङग साहीबिच विवाद चर्कोरुपमा बढेको गएको छ । नेपाल तरुणदलको कार्य समितिको कार्य अवधि सकिएको सन्ध्यामा उक्त विवाद बाहिर आएको छ । केहीदिन अगाडी महासचीवले अध्यक्षलाइ कारबाही गरेको प्रेस विज्ञप्ति जारी गरेका थिए त्यसको दुइदिन बित्न नपाउदै अध्यक्षले पनि महासचीवलाइ कारवाही गरेको प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् ।अध्यक्षले कारवाही गर्नुको कारणहरु यसरी पेश गरेका छन् । त्यसैगरी महासचीवले पनि बुदागत रुपमा कारवाही गर्नुको कारण खुलाएका छन् ।अध्यक्षले लगाएको आरोप यस्तो छ ।
पदीय मर्यादा, जिम्मेबारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्यहरु गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको उल्लेख गरिएकाछन।
त्यसैगरी महासचिव शाहीले पनि शनिबार बेलुका विज्ञप्ति जारी गर्दै अध्यक्ष भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै अध्यक्ष र एकवर्ष साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको उल्लेख गरेकाछन् । दुवैले बोर्धाथ नेपाली काग्रेस पार्टी कार्यलयलाइ लेखेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend