logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

संविधान दिवश कालो दिवशको रुपमा परिणत हुदै ।


  • जन आकाश
  • शुक्रबार, असोज ३ २०७६

नेपालको संविधान २०७२ असोज ३ गते जारीहुदा जति मानिसहरु खुसीथिए आज त्यसै संविधानको कार्यन्यनमा देखिएको बिकराल समस्याले गर्दा संविधानलाइ कालो दिवशको रुपमा मनाउनु पर्नें जमात बढदै गएको देखिन्छ । संविधान त्यतिवेला जुन उदेश्य र मौलिक अधिकारहरु उल्लेख गरिएका थिए ति अधिकारहरु बिगतमा जस्तै कागजको खोष्टाको रुपमा मात्र सिमित बनेपछि नेपालको संविधान स्वीकार्न नसकेको बिरोधि समुहहरुले त्यतिवेला अल्पसंख्याको रुपमा बिरोध गरेपनि नेपाली जनता सर्वभोम सत्ता सम्पन्न राष्ट्र नेपालले गरेको निर्णणको पक्षमा थिए । यतिवेला त्यो जन विश्वास देखिदैन । टुडिखेलमा सरकारका मान्छे र नेकपा बाहेकका अन्य मानिसहरुको उपस्थिति समेत नदेखिनुले संविधान दिवश नमनानेहरुको जमात बढदै गएको देखिन्छ । उनिहरुले भन्न थालेका छन् । हिजो हामीले भन्दा नपत्याएको होइन आज देख्यौ त भन्दै गिज्याउन थालिसकेका छन् ।बिरोधि समुहहरुले /
हुनपनि नेपालको सरकारले गरेका कामहरु हेर्ने हो भने पनि नेकपाका त्यो पनि कुन गुटका हुन भन्ने गुटको बाहेक कुनै राष्ट र जनताको सेवामा काम नगर्ने, आफ्नै मान्छे मात्र भए काम गर्ने गरेको कारण अर्को तर्फ बिभेद अत्यधिक बढेर गएको संविधानको कार्यन्वयन गर्ने क्रममा प्रदेशको राजधानी , कर्मचारी समायोजन, प्रदेश सरकार , स्थानीय सरकार बीचको द्धान्द्धले बिकाराल रुप लिएको लिएको छ एकातिर भने अर्कोतिर अन्तराष्ट्रिय क्षेत्रमा नेपालको सम्बन्ध प्रभावकारी बन्न नसकेको नेपालको नयाँ सविधानको बारेमा बिश्व जगतलाइ विश्वस्त पार्न नसकेको विश् जगतमा नेपाल तठस्थ बस्दै आएकोमा इण्डो प्यासेफिक योजनालाइ सघाएको आरोप लाग्न थालेपछि छिमेकी शक्ति राष्ट्र राष्ट्रहरुको समेत सर्मथन गुमाउदै गएको देखिन्छ ।
यो अवस्था सृर्जना हुनु भनेको विश्वबाट एकलिनु देशभित्र  आक्रोश बिद्रोह बढनु हो । बिद्रोह बढेर भोलि संविधान र्अको नयाँ बनाउनु पर्छ भन्ने आवाज पनि उठन थालेको छ । जनताको मनोभावना चाहाना अनुसार काम हुन सकेन भने सरकार संविधान बनाउने विज्ञहरुमाथि समेत प्रश्न उठन सक्छ अहिले त्यसै गरी सरकार प्रति जनताहरुले प्रश्न गरिरहेकाछन् ।
जताततै अराजक गतिविधिहरु भइरहेका छन् । महगी बढदो छ । रोजगार न्यून छ । खानेपानी जस्तो बिषयमा ख्याल ठट्टा भइरहेको छ । गरिब दुखिहरु औषधी समयमा नपाएर कस्ट ब्यहोरी रहेका छन् ।यस्तै यस्तै घटना बढनुले पनि संविधानको बिराधि समुहको कालो दिन मनाउने अभियाँनमा जमात बढेको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend