logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

किरात वंशका राजा जीता सिङका सन्तति द्वारा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न


  • जन आकाश
  • शुक्रबार, असोज ३ २०७६

किरात वंशका अन्तिम राजा जीता सिङका सन्तति द्वारा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।



काठमाडौँ । गत शनिवार २८ गते किरात राई रानाहँछा समाजले कार्यक्रम आयोजना गरी समाजलाइ योगदान दिएका व्यक्तिहरूलाई र एसईइमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरुस्कार वितरण गरिएको थियो ।
राजा जिता सिङको नाममा स्थापित पुरस्कार तथा सम्मान प्राप्त गर्ने प्रतिभाहरु मध्ये गायिका राधा राई र २०७५को एसईइ परिक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रा संज्ञा राईलाई जितासिंङ शिक्षा पुरस्कारद्वारा सम्मान गरिएको थियो।
त्यसैगरी संस्थाले उपत्यकामा बसोबास गर्नुहुने सबै भन्दा ज्येष्ठ नागरिक चेली विन्द्रा शोभा राईलाई ‘जेष्ठ नागरिक सम्मान’ प्रदान गरेको थियो । भने माननीय सभासद महेन्द्र कुमारी राई लिम्बु तथा महिला अधिकारकर्मी देविता राईलाई पनि विशेष सम्मान गरिएको थियो।

कवि चन्द्र रानाहँछा र स्वास्थ्यकर्मी दीपा राईले सहजीकरण गरेको सो कार्यक्रममा भरत कुमार राई
बिकेसिंङ राइले स्वागत मन्तव्य राखेका थिए भने कलाकार राधा राई, मेघराज राई र विलम राईले गीत प्रस्तुत गरेका थिए त्यसैगरी कलाकार आँचल राईले नृत्य प्रस्तुत गरेकी थिइन ।
सामाजिक अभियान्ता तथा युवा उद्यमी भरत कुमार राई विकेसिङले स्वागत मन्तव्यको क्रममा इतिहासमा १३ सय वर्ष भन्दा बढी समय शासन गरेको आफ्ना पुर्खाको प्रशंसा गरेका थिए भने अहिले आफुुहरुमा आइरहेका गुट फुट र बेमेलप्रति कथा कहानी र किस्सा द्वारा सचेत गराउदै विभिन्न बाहानमा अन्यन्त्रित भएका सवैलाइ एकजुट हुनपर्ने आवश्यक्ता औलाएका थिए । स्वागत मनतव्य कै क्रममा उहाँले पुर्खले रचेको इतिहासलाई कहिले विर्सन नहुने बताएका थिए ।
पुर्खाको सम्मानमा वंशिय प्रतिभाहरुलाई प्रोत्साहन गर्दै आफ्ना इतिहासको पहिचान स्थापित गरी समाजिक विकासको अभियानलाई टेवा पुर्याउनु नै कार्यक्रमको खास उद्देश्य रहेको कुरा संस्थाका अध्यक्ष चन्द्रकुमार राईले बताए ।
कार्यक्रममा प्रमुख अतिथि रासेसका केन्द्रिय अध्यक्ष धनकुमार राई, केन्द्रिय उपाध्यक्ष शंखपाल राई, एसएसपी टेकप्रसाद राई, एसपी ज्ञानेद्रकुमार राई, शिक्षासेवी पञ्चकुमार राई, समाजसेवी तथा पुरस्कृत व्यक्तित्व देवीता राई, गीतकार उदय राई, तविन्द्र राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थालाई स्थापना कालदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएका व्यक्तित्वहरुलाई समेत कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सल्लाहाकार जितेन्द्र राई, तिलक राई, धनजीत राई, ध्रुवकला राई, कानुन व्यवसायी देवराज राई, कवि शुक्र राई, गीतकार अगम राईलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend