logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

रामेछापको दुरागाउँमा के हुदैछ ?

भूकम्प पीडितले राहात नपाउदा जिर्णघर भत्केर बालकको मृत्यु


  • जन आकाश
  • शुक्रबार, असोज ३ २०७६

रामेछाप जिल्लाको लिखु तमाकोशी गाउँपलिका वाडन १ दुरागाउँ अस्तब्यस्त अवस्थामा गुज्रीरहेको छ । वाडन १ का वडा अध्यक्ष निङमारको गैर जिम्मेवारी तरिकाको काम गराइले गर्दा यस्तो समस्या आएको स्थानीयहरुले दुखेसो पोखेकाछन् । केही दिन अगाडी मात्र भूकम्पले चर्काएर राखेको घर भन्केर बालकलाइ थिच्दा ११ बर्षिय मनिस थापाको घटनास्थल मै मृत्यु भएको थियो । जुन परिवार भूकम्प पीडित भएपनि राहात पाएका थिएनान् ।
नेपालमा २०७२ जेठ १२ गते गएको माहाभूकम्पले रामेछापको सवैभन्दा प्रभावित साविकको दुरागाउँ गा.वि.स.मा मात्रै ८ जनाको मृत्यु भएको थियो त्यतिवेला विपत्तको वेला त को काहाँ कुन अवस्थामा कसैको ख्याल पनि गरिएन होला तर सरकारले भूकम्प प्रभावित १३ वटा जिल्ला त्यस मध्यपनि अत्ति प्रभावित, प्रभावित, सामान्य प्रभावित छुट्याएर छुट्टै भूकम्प प्रभावित क्षेत्रलाइ लक्ष्य राखेर राहात उपलब्ध गराउन राष्ट्रिय पुणनिर्माण प्रधिकरण स्थापना गरी काम अगाडी बढायो र त्यसमा जिल्ला निर्माण प्रधिकरणहरु स्थापना गरी गाउगाउमा मृत्यु भएकाको तथ्याङक घर भत्कीएको भत्कीन लागेको सामान्य क्षति भएको लगत संकलन गरेर जिल्ला पुननिमाण प्रधिकरणले राहात उपलब्ध गराउदै आएको थियो त्यसमा लिखु तामाकोशी गाउपलिका वाडन १ दुरागाउँमा मात्रै झण्डै ४०० घरधुरी क्षति भएका थिए ।
त्यतिवेला लगत संकलन गर्न गएका इन्जिनियरहरुको टोलि पुगेर लगत संकलन पनि गरेको थियो । त्यतिवेला कतिपय पीडितहरु आफन्तकोमा शरण लिन गएका कारण त्यतिवेला देखि नै २०० भन्दा बढी भूकम्प पीडितका नाम छ्टेको छुटयै भएको जिल्ला पुननिर्माण कार्यलय रामेछाम मन्थलीले पनि स्वीकारेको छ ।
स्थानीय कर्मचारीको अधिकार जन प्रतिनिधिलाइ ।
२०७४ सालको स्थानीय निर्वाचनवाट निर्वाचित जन प्रतिनिधिलाइ राष्ट्रिय पुननिर्माण प्रधिकरणले उनिहरुले सिफारिस गरेमा सम्झौता गरिदिने निर्णय २०७५ मा ग¥यो त्यसपछि दुरागाउका जनताले आफैले चुनेर पठाएको वडा अध्यक्ष निङमार तामाङले अरु केही नगरे पनि भूकम्पले क्षति पु¥याएका भूकम्प पीडितको माग सम्वोधन गर्छ भन्ने थियो । तर वडाध्यक्ष निङमारले पीडितको समस्या सम्वोधन गर्नु त कता हो कता उल्टै सम्झौता भएका घर २३ वटा घर सामुहिक रुपमा बनाइदिने भन्दै वडाध्यक्षले नै पहिलो, दोश्रो, तेस्रो किस्ता लगेका थिए । तर घरहरु बनाउदा बनाउदै सम्झौता गर्ने ठेकेदारको मृत्यु भएपछि ति २३ घरका मानिसहरु पनि अलपत्र परेको गुनासो साब्रा सदगाउका सम्बर बाहादुर सुनुवारले दुखेसो पोखे ।
खानेपानीको चरम अभाव
उतm वडाको साब्रा सदगाउँ र थापा डाडागाउँमा भूकम्पछि खानेपानीको मुहान सुकेर खानेपानीको अभाव चरम बनेको छ । भूकम्प अगाडी भिमसेनधारा मुहान र पसारेखोला मुहान भासिएपछि खानेपानीको अभाव हुदै आएको छ । तर बर्षाको ५ महिना भने उर्मिएका पानीले धान्छ । अरु ७ महिना खानेपानीको अभाव हुदा चार पाँच घण्टाको बाटो हिडेर पानी ल्याउनुपर्ने स्थानीयले बताएका छन् ।
स्वास्थ्य क्षेत्रको समस्या त्यस्तै
यातयातको असुविधा हुदा स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी असोज लागेपछि मात्रै दुरागाउँ पुग्छन् असार साउन भदौ गाउपालिका मै बस्न बाध्यछन् किनकी यातयातको साधन नै दुरागाउ पुग्दैन ।
शिक्षाको अवस्था पनि बिग्रदो अवस्थामा
भूकम्पछि बिद्ययालयहरु अहिले सम्म पुननिर्माण हुन सकेका छैनान् । बासको टहरा हालेर पढाउनु परेको त्याहाका शिक्षकहरुले बताएकाछन् बर्षामा पानी चुुहिएर पढाउन समेत समस्या हुने गरेको त्याहाका शिक्षकहरुको गुनासो आएको छ ।
गाउपालिका अध्यक्ष गोविन्द खडका के भन्छन् ।
हामीले तपाइको गाउपालिकाको १ न. वडाकाृ समस्या के हो भनि सोधेका थियौ पालिकाले गाउँ, टोल, वडावाट आएका सुझाव र वडाले प्रथामिकी गरेर पठाएका कामहरुलाइ पारित गर्ने हो । सम्पूर्ण वडाको अधिकार वडालाइ नै हुन्छ । लिखु तामाकोशी गाउँपलिकाको वडा न १ को समस्या छ । त्यो वडा अध्यक्ष निङमारको कारणले त्यस्तो भएको हो । मैले पालिका अध्यक्षको हैशियतले धेरै पटक सम्झाइ सके तर उहाको ब्यवहारमा सुधार आएको छैन । अस्ति त वडाका स्थानीयहरुले वडाकार्यलय नै घेरेका थिए यो समस्या आएको सत्य हो । यस समस्यालाइ सावधान गर्नतर्फ हामी लागेका छौ उनले भने। हामीले वडाअध्यक्ष निङमार तामाङसँग सम्पर्क गर्दा मोवाइलमा सम्पर्क हुन सकेन ।



२३ घर पहिरोको जोखिममा
साब्रा सदगाउँ र थापा डाडा गाउँको मुनिबाट पहिरो झरिरहको र उतm गाउ पहिरोको जोखिमा रहेको स्थानीय समाजसेवी प्रचण्ड सुनुवारले जनआकाशको टिमलाइ जानकारी दिएका छन् । बेलैमा त्यस ठाउको पैरो रोकथाम नगर्ने हो भने निकट भविष्यमा अर्को मानवीय क्षति पुग्ने सम्भावना रहेको सुनुवारले बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend