जन आकाश
काठमाडौं । डबल नेकपाको सरकार सञ्चालनको २ वर्ष वित्दै गर्दा अरिङ्गाल झै जाइलाग्न प्रधानमन्त्रीले दिएको निर्देशनले यतिबेला राष्ट्रिय आतंकको रुप धारण लिँदै गएको देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्दर्भमा सरकारले गरेका काम प्रगतिको बारेमा अरिंगालझै प्रचार गर्न भन्दै निर्देशन दिएका थिए । त्यसपछि पार्टीभित्रकै असाध्यै मौरीले जस्तै मेहनत गर्ने नेता कार्यकर्ताले सरकारले गरेका गलत निर्णयहरुको उजागर गर्दै केपी नेतृत्व पंक्तिका अरिङ्गालहरुले ती मौरीहरुलाई शिकार बनाएर टपक्क टिप्दै अरिंगालको घारमा लगी अरिंगालको छोराहरुलाई ख्वाएर मौरीको लोप बनाएजस्तै नेकपा भित्रका इमानदार कार्यकर्ताहरु समाप्त गर्नुथियो जस्तै नेकपा भित्रका इमानदार कार्यकर्ताहरु समाप्त गर्नुथियो पहिलो चरणको काम नेकपामा पूर्व माओवादीबाट आएका केही र पूर्व एमालेबाट आएका केही इमानदार कार्यकर्ताहरु पाखा लगाएपछि रुष्ट बनेका नेताहरु कराउँदै थिए तिनीहरुलाई पनि कसैलाई संगठन पुनगठनमा अवसर दिने कोहीलाइ मन्त्री पद र अवसरको प्रलोभन देखाउँदै तिनलाई पनि ठेगान लगाएपछि यतिबेला पार्टीभित्रबाट हुने विरोध समाप्त गरेपछि एउटा अध्याय पुरा गरेका प्रधानमन्त्री समूहका अरिंगालहरुले दोश्रो अध्याय सामाजिक सञ्जालमा एउटा ज्ञानेन्द्र शाहीको उदाहरण दिँदै धम्कीपूर्ण भाषाहरु प्रयोग गर्दै सामाजिक सञ्जालहरु रंग्याइरहेका छन् । जसलाइ अरिङगाल आताङकको संज्ञा दिएको छ । जसको कारण सामान्य नागरिकहरु जिब्रो टोक्न थालेका छन् ।
यो भन्दा अगाडि नै सरकारको विरोध कसैले नगरोस् भनेर नयाँ प्रेस काउन्सिल विधेयक पास गर्न खोजिएको थियो उक्त प्रेस काउन्सिल विधेयक प्रस्ताव नेपाल पत्रकार महासंघको नेतृत्वमा देशभरीका श्रमजिवी पत्रकारहरु सडकमा उत्रिएपछि र सरकारको समाचार समेत बहिष्कार गर्नेसम्मको अवस्था आएपछि आक्रोशित सरकारले पत्रकारहरुलाई विभिन्न ठाउँमा धरपकड गर्दै तर्साउने शैलीमा काम अझैपनि गरिराखेकै छ । र अन्य पत्रकारहरु पनि त्यसैगरी डराउन र सरकारले गरेका गलत कृयाकलापहरु कसैले थाहा नपाउन भन्ने अभिप्रायले काम गरेको देखिन्छ ।
त्यसैको पछिल्लो उदाहरण बन्न पुगेको छ ज्ञानेन्द्र शाही आक्रमण काण्ड । ज्ञानेन्द्र शाहीले ठिक गरे गरेनन् सामाजिक खलल पु¥याएको भए वा प्रमाणहीन कुराहरु गरेको भए सरकारको ऐन, कानून छँदैछ त्यही अनुसार कारवाही गर्न सक्ने विकल्प हुँदाहुँदै आफ्नै पार्टीमा हुलहुज्जत पठाएर पत्रकार सम्मेलन स्थलमा आक्रमण गर्ने र त्यसैलाई आधार बनाएर सबै नेपालीलाई डर लाग्ने गरी भाषाहरु प्रयोग गरेर नेकपा केपी शर्मा ओलीका अरिंगालहरुले सामाजिक सञ्जाल मार्फत आतंक बढाइरहेको देखिन्छ ।
सरकार देशको अभिभावक हो । जसले जनतालाई आफ्नो सामूहिक परिवार मान्नुपर्छ र छोराछोरी मध्य कुनैले गल्ती ग¥यो भने सम्झाई बुझाई गल्ती नगर्न अर्ति उपदेश दिनुपर्छ तर नेकपाका अरिंगालहरु यसरी प्रस्तुत भइरहेका छन् समाजमा उदण्ड मच्याउने जनतालाई उत्तेजित पार्न अग्रसर गराउने र देशको सामाजिक सद्भाव भत्काउने र देशलाई द्धन्ततिर धकेलेर आफ्नो स्वार्थ सिद्ध गर्ने तिर लागेको प्रष्टै देखिन्छ ।
नेपालमा मौरीजस्तै मेहनत गरेर बाँच्ने मानिसहरुको लागि पार्टीभित्र त सुरक्षा हुन छोडिसकेको छ भने स्वतन्त्र नागरिकले मौरीजस्तै मेहनत गर्दा पनि सुरक्षित नभई लोप हुँदै गएको देखिन्छ । देश विकास हुनलाई गर्नलाई सबै नागरिकले मौरीको जस्तै मेहनत गर्न सक्यो भने मात्र विकास भएको आधारहरु विकास भएमा राष्ट्रहरुबाट लिन सकिन्छ । अरिंगाल र बच्छिउँको शैलीमा अरुलाई डसेर गर्ने शासनले राष्ट्रको उन्नति हुन सक्ने देखिँदैन । बेलैमा अरिंगाल नियन्त्रण नगर्ने हो भने अरिंगालको गोलामा आगो झोस्न जनता नआउलान् भन्न सकिँदैन । त्यसैले प्रधानमन्त्रीबाट अरिंगाल झै जाइलाग्न दिएको निर्देशन सच्चाएर मौरी झै मेहनत गरेर बिकाश गर्नुपर्छ भन्न नसक्ने हो भने समृद्ध नेपाल र सुखी नेपाली शब्द जाल बाहेक केही हुन सक्दैन । बेलैमा चेत फिर्नु जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend