जन आकाश
नेपाल सरकार तथा खेलकुद मन्त्रालय अन्र्तगतको युवा तथा साना ब्यवसायी स्वरोजगार काषका रामेछाप जिल्ला संयोजन तथा अनुगमन समितिका संयोजक कुमार श्रेष्ठको प्रमुख अतिथ्यमा जन विकाश बचत तथा ऋण सहकारी संस्थाका ८ जना सेयर सदस्यहरुले स्वरोजगार कोषको सहुलियत पूर्वक व्यवसायिक कर्जाको सदुपयोग गरी संस्थाको नियम अनुसार साँवा ब्याज भुक्तानी गरेको हुनाले कुल व्याजको ६० प्रतिशत ब्याज फिर्ता प्रप्त गरेको कार्यक्रममा जानकारी दिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष धुब्र कुमार बढा स्वरोजगार कोेषका संयोजक कुमार श्रेष्ठ , संयुतm रुपमा संस्थाको लेखा समितिका संयोजक पवनराज खड्का, र कर्जा समितिका संयोजक तिलक बाहादुर खत्री, तथा सम्पुर्ण संञ्चालक समितिका पदाधिकारीहरु, स्थानीय समाजसेवीहरुको उपस्थितिमा जम्मा नगद रु ६२,२६८ फिर्ता गरिएको थियो कार्यक्रमको संञ्चालन संस्थाका कोषध्यक्ष रामहरी बुढाथोकीले गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend