जन आकाश
रामेछापको मन्थली नगरपालिकामा यति बेला नगरप्रमुख रमेश कुमार बस्नेतको ठाडो निर्देशनमा नगरका व्यापारीहरुको पसल–पसलमा छिरेर नगर प्रहरीलेले आतंक मच्चाइरहेको देखिन्छ । भने मन्थलीमा पसल राखेर बसेका ब्यापारीहरुको पसल अगाडी बेच्न राखेका भाडा कुडा, तरकारी, फलफुल पानीका जार उठाएर लगी मन्थलीका ब्यापारीहरुलाइ दुखः दिइरहेकाछन् । यो रामेछापका जन निर्वाचित प्रतिनिधि संसद, प्रदेश संसद, गाउपालिका अध्यक्ष उपाध्यक्षक्हरु जिल्ला समन्वको वैठकमा आएको वेला बस्नेत मेयरले जनतालाइ कसरी दबाएर राख्नुपर्छ भनेर संसद र प्रतिनिधि संसदहरुलाइ उदारण देखाउनको लागि उक्त हरकत गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
मेयरले ब्यापारीसँग बार्गेनिङ गरेको ब्यवसायीको गुनासो ।
केही दिन अगाडि रमेश बस्नेतले नगरपालिकामा व्यापारीहरुलाई बोलाइ दशैंको अवसरमा केही त व्यवस्थापन गर्न प¥यो भनेर घुमाउरो भाषामा रकमको माग गरेको एक ब्यापारीले नाम नबताउने सर्तमा जानकारी गराएका हुन् । व्यापारीहरुले व्यापार राम्रो नभएको र उक्त माग पूरा गर्न नसक्ने जनाएपछि असोज १० गते शुक्रवारबाट स्थानीय व्यापारीहरुलाई उनीहरुले आफ्नै सटरमा झुण्डियाइ राखेको कपडाहरु, आफ्नै घरमा टाँसेर राखेका होडिङ बोडहरु जबरजस्ती नगर प्रहरीलगाएर आतंक मच्चाउदै लिएर गएका छन् । त्यो अवस्था देखेर मन्थली नगरपालिकावासीहरु नगरप्रमुखको हर्कत देखेर यतिबेला त्रसितमात्र होइन बिगतमा दशथरी पार्टी बदल्दै स्थानीय र्निर्वाचनमा मात्र एमाले पार्टीको टिकट लिएर चुनाव जितेका बस्नेतलाइ भोट हालेर जिताउनु पनि महाभुल भएको भन्दै चोक चोकमा ब्यापारी स्थानीय नागरिकहरुले गफ गरेको सुनिन्छ ।
गुण्डागर्दी तरिकावाट ब्यापारीको सामान जफत ।
स्थानीय ब्यापारीको सामान जफत गर्न नगरप्रमुखले विगतमा गुण्डागर्दीमा लागेका र चुनावको बेलामा एमाओवादीवाट टिकट लिइ २०७४ को स्थानीय चुनावमा मन्थली नपा वडा न १ का वडाअध्यक्ष जितेका नारायण श्रेष्ठलाई अगाडि लगाइ गुण्डागर्दी तरिकामा नै नगर प्रहरीको गाडी अगाडी अगाडी नारायण श्रेष्ठलाइ लगाएर स्थानीयहरुको भूकम्पले क्षति भएका पुनर्निर्माण गर्दै गरेका घर बनाउने सामग्रीहरुसमेत उठाएर लिएर गएको भन्दै स्थानीयहरु ग्वाग्वा रोइरहेका थिए भने वडा न १ का वडाअध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा एक हुल केटाहरु सहभागी थिए स्थानीयबासीहरुलाइ हप्काउदै स्थानीयवासीमाथि हातपात गर्न खोज्दै थिए तर स्थानीयहरुको भीड ठूलो भएको कारण हातपात गर्न पछि हटेको प्रत्यक्ष देख्न सकिन्थ्यो ।
पटक पटक विवादमा मेयर
मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत
केही समय अगाडी पनि विवादमा आएका थिए । नगरभित्र चरम खानेपानीको अभाव हुदाहुदै अन्य कमिशन आउने योजनामा मात्र बजेट विनियोजन गरेको भनेर वडा अध्यक्षहरुले र उपमेयरले विरोध गर्दा उपमेयर, वडाअध्यक्षहरु प्रति अम¥यादित भइ प्रस्तुत भएपछि नगरसभाको वैठकमा नै हानहान भएको थियो यसवाट पनि के बुझन सकिन्छ भने मेयर बस्नेतको काम गराइ र स्थानीयको भावना बिपरित भएको कारण वेलावेलामा मन्थली नपामा स्थानीयको आक्रोश बढ्दै गएको देखिन्छ । यसले निकट भविष्यमा नेकपाको पार्टीलाइ समेत तिलान्जली नदेला भन्न सनिदैन ।
त्यसैको उदारणको रुपमा मन्थली नगरपालिकाका वडा न. १० का भरत बोहोरा १२ न . वडा अध्यक्ष कृष्णहरि अधिकारी माथि मेयर बढी आक्रमक देखिन्छन किनकी भरत बोहोरा र कृष्णहरि पूर्व नेकपा एमाले भएको र उनिहरुले पार्टीको आस्था, विचार लाइन जनतालाइ चुनावको वेला पार्टीले गरेको वाचा पुरा गर्नुपर्ने भन्दै वैठकहरुमा कुरा उठाउदै आएकाछन् । त्यसकारण पनि मेयर विवादमा तानिइरहेका छन् नगरपालिका वडा न. ५ का वडाअध्यक्ष राम कार्कीसँग बस्नेतको नगरपालिका वैठकमा गिलास हानाहान नै भएको थियो । ५ न . वडा अध्यक्ष हुविल चियरमा हिडछन् । राम कार्कीको भनाइलाइ आधार मान्ने हो भने मेयरले पेल्न सक्ने जतिलाइ कसैलाइ बाकी नराख्ने गरेको हामीलाइ त्यतिवेलै बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend