logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सेना, प्रहरी र सशस्त्रले दशैमा निःशुल्क बस सञ्चालन गर्ने


  • जन आकाश
  • आइतबार, असोज १९ २०७६

 



सेना, प्रहरी र सशस्त्रले निःशुल्क बस सञ्चालन गर्ने भएका छन् ।
दशैंको अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरलिे सर्वसाधारण जनताका लागि निःशुल्क बस सेवा प्रदान गर्ने भएको जनाएको छ ।
यो सेवा काठमाडौं उपत्यकामा प्रदान गर्न लागिएको आज जानकारी दिएको हो ।

महाअष्टमी, महानवमी र विजयादशमीको दिन नेपाल प्रहरीले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो । त्यसैगरी नेपाली सेनाले भने दशैँको टिकाको दिन निःशुल्क सेवा उपलब्ध गर्ने जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा रुटमा प्रहरीको बस सञ्चालन हुनेछ । ती बस बिहान ११ बजेदेखि ४ बजे सम्म चल्नेछन् ।
विगतमा पनि यसैगरी बिजया दशमीको अवसरम सेना प्रहरी, सशस्त्र प्रहरीले निशुल्क बस सेवा दिदै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend