logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सोलुखुम्बुमा जीपमाथि बलेरो खस्यो


  • जन आकाश
  • आइतबार, असोज १९ २०७६

 



सोलुखुम्बुमा जीप दुर्घटनाः चालकको मृत्यु, १० घाइते
सोलुखुम्बु, १९ असोज । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा जीपमाथि बलेरो खस्दा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।

दुर्घटनामा नेचासल्यान गाउँपालिका–२ का २१ वर्षीय बा १५ च ९६२० नम्बरको जीपका चालक लेखबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार राति झण्डै ११ बजे तिङला बरडाँडाको गुप्तेश्वर महादेव क्षेत्रमा काठमाण्डौबाट नेचातर्फ जाँदै गरेको बा १ ज ५३४२ नम्बरको जीपमाथि सोलुखुम्बुको सल्लेरीबाट नेचा जाँदै गरेको बा १५ च ९६२० नम्बरको बोलेरो जीप खसेको हो ।

माथिल्लो मोडमा रहेको बोलेरो जीप अनियन्त्रित भइ तल्लो मोडमा रहेको जीपमाथि खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

घाइतहरुको राति नै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको जानकारी प्रप्त भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend