जन आकाश
भेगन नेपालले नेपालीहरुको माहान चाडलाइ शूभकामना दिदै अहिंसा र साहाकारी भोजन गर्न आग्रह गरेका् छ । आज बिभिन्न सञ्चार माध्यमलाइ इमेल पठाएर यस्तो आग्रह गरेको हो । संस्थाको तर्फवाट पठाइएको भनाइ जस्ताको तस्तै याहाँ छ ।
हार्दिक मङ्गलमय शुभकामना
नेपालीहरूको महान पर्व तथा राष्ट्रिय चाड बडादशैं एवम् दीपावली र छड्पर्व २०७६ साथै नेपाल संवत् ११४० को शुभ उपलक्ष्यमा यस नेपाल भेगन एशोसियसन विभिन्न कार्यक्षेत्रमा संलग्न रहेर विश्वका विभिन्न मुलुकमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइ, किसान, मजदुर, धार्मिक–आध्यात्मिक व्यक्तित्त्व, समाजसेवी, राजनीतिज्ञ, सञ्चारकर्मी, उद्योगी, व्यापारी, व्यवसायी, कलाकर्मी, शिक्षक, प्राध्यापक, विद्यार्थी, स्वाथ्यकर्मीलगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ ।
विजया दशमीको दिनबाटै सम्राट अशोकले अस्त्र–शस्त्र परित्याग गरी भगवान बुद्धको अहिंसा परमोधर्मको सिद्धान्तलाई आत्मसात गरेका थिए । बडा दशैंलगायतका चाडपर्वको सन्दर्भमा समस्त मानवलाई चराचर सबै जीव, प्राणीकी आमा माँ भवानीको कृपाले अहिंसाको सिद्धान्तलाई आत्मसात गर्दै पूर्णसाकाहारी जीवनशैली तथा जीवनचर्यालाई अप्नाउँदै मानवताको परिचय प्रस्तुत गर्न सक्ने बुद्धि, विवेक प्राप्तिको लागि प्रार्थना गर्दछौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend