जन आकाश
काठमाडौ
२०७६ शालको बिजया दशमीको आज टिकाको साइत १०ः ३५ बाट शुरु गर्न सकिने नेपाल पञ्चाङ निर्णयक समितिले दिएको छ भने आज दिनैभरी जुन समयमा पनि टिकाको साइत उत्तम रहेको जानकारी दिएको छ । नेपालीहरुको राष्ट्रिय पर्व असत्य माथि सत्यको बिजयको रुपमा सबै नेपालीहरुले मनाउदै आएका छन् त्यसैगरी आज पनि देशैभरी हर्सोउल्लासका साथ मनाइदै छ । बिदेशमा रहेका नेपालीहरुले समेत बिजया दशमी मनाइरहेका छन् ।
धार्मिक मान्यता यस्तो छ ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend