जन आकाश
२०७६ सालको बिजयाँ दशमी आज दोस्रो दिन पनि बिभिन्न शतिm पीठमा गइ देवीहरुको पुजा आराधाना गरेर मनाइरहेका छन् भने छोरी चेलीहरु हिजो समय अभावमा टिका ग्रहण गर्न नभ्याएका आफन्तकोमा गइ टिका र आशिर्वाद लिइरहेका छन् ।
ट्याक्सीहरुको आतङ
बिजयाँ दशमीको अवसर पारेर ट्याक्सीहरुले जथाभावी भाडा असुल्ने गरेकाछन् हिजोत टिकाको दिन एकठाउवाट अर्कोठाउ जान ५०० देखि १५०० सम्म बार्गेनिङ गर्ने गरेका थिए ति अधिकाङस ति ट्याक्सी चलाउनेहरु धेर जति व्यवसायी जस्ता देखिदैन थिए । तर त्यही भीडमा पूराना पुराना बुडेसकाल लागेका इमानदार ट्याक्सी ब्यवसायीहरुले भने मिल्दो भाडामात्र ग्रहकसँग लिएका थिए ।
आजवाट बजार सहज भएपनि भनेको ठाउहरुमा सार्वजानिक बस, ट्याप्पो, माइक्रो नजाने हुदा बाध्य भएर ट्याक्सी प्रयोग गर्नुपर्ने र ट्याक्सीहरुको मनलाग्दी भाडाका कारण खुशी साटन हिडेको दशै आक्रान्त मन बनाएर ट्याक्सीलाइ भाडा तिर्नुपर्दा सर्वसाधरणहरु दुखेसो पोख्दै थिए ।
जवकी सुनसरीवाट बसमा काठमाडौ आइपुग्दा रु १००० मा काठमाण्डौ आइपुगेको यात्रुले कलकी वाट चावेल ट्याक्सीमा जानुपर्दा १५०० माग्ने ट्याक्सी समेत भेटियो यो जतिको अव्यवस्थित ट्याक्सी यातायात के हुन सक्छ । सम्वन्धित निकायको ध्यान नपुगेको हो की जानजान नियन्त्रण गर्न नचाहेको हो थुप्रै यात्रुहरुले ट्रफिक कन्ट्रोलमा गुनासो गर्दा सुनुवाइ नभएको बताएका थिए ।
तरकारी अभाव सगै तनाव पनि
काठमाडौमा दशैमा साहाकारी तरकारीको अभाव नै भयो भने कतै कतै पाइए नि अत्याधिक महगो जो १००० प्रतिशत सम्म तरकारी महगिएको छ । साग, मुला, काउली, काक्रो, लगायत धेरै खपत हुने तरकारीको यसरी भाउ आकासिएको हो ।
तरकारीको काठमाडौमा जसरी भाउ बृद्धि हुन्छ त्यसैगरी वास्तबिक किसानहरुले उपभोक्ताले तिरेको पैसा सोजै किसानसँग पुग्थ्यो भने राम्रै कुरा हुन्थ्यो तर त्यो महगी उपभोक्ताले खेप्नुपर्ने किसानहरुले चै लगानी समेत उठाउन नसक्ने गरी सस्तोमा बेच्नुपर्ने खाडल छ यस्तो खाडल बनाउने कृषि सम्बन्धि पक्षहरुको आउदा बर्षहरुमा ध्यान पुगोस ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend