जन आकाश
छिमेकी राष्ट्रका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाइ नेकपा(माले)ले स्वागत गरेको छ । उसले आज एक विज्ञप्ति जारी गदै मार्टी माहासचीवद्धारा हस्तक्षरितमा भनिएको छ । मित्रतापुर्ण नेपाली जनताको माझमा उभिइ म, नेकपा ( माले )को नेतृत्व एवम पार्टी पङतिको तर्फवाट र अफ्नै तर्फवाटसमेत , महामहिम सी चिनफिङलाई हार्दिक स्वागत गर्दछु ।
प्रेस विज्ञप्ति हेर्नुस जस्ताको तस्तै
नेपालका राष्ट्रपतिको निमन्त्रणामा नेपाल प्रतिको मित्रता र असल छिमेकी भावनालाई प्राथमिकता दिदै नेपाल सँगको आपसी समझदारी, विश्वास र सहयोगलाई उच्चस्तरमा पु¥याउने उदेश्य लिई मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिन्फिङ नेपालको दुई दिवसीय राजकीय भ्रमणको निम्ति आज अपरान्ह काठमाडौंमा उत्रदै हुनुहुन्छ ।
मित्रतापूर्ण नेपाली जनताको माझमा उभिई म, नकपा ( माले )को नेतृत्व एवम् पार्टी पङतिको तर्फवाट र आफ्नै तर्फवाट समेत , महामहिम सी चिनफिङलाई नेपाल भ्रमणमा हार्दिक स्वागत गर्दछु ।
यो जनगणतन्त्र चीनको सर्वोच्च तहवाट २३ वर्षपछि भइरहेको राजकीय भ्रमण हो । बर्तमान विश्व स्थिति प्रतिस्पद्र्धा , द्धन्द र चुनौतिहरुबाट मात्र भरिएको छैन, यो अवसरहरुबाट समेत युक्त रहेको छ । मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपतिको यो भ्रमण नेपाल तथा चीन बीचका विश्वास, मित्रता तथा सहयोगलाई उच्चस्तरमा पु¥याउर्दै समृद्धिमा साझेदारी गर्ने बिश्व मानव समाजको निर्माण’मा योगदान गर्न सफल हुन सकोस् भनी हार्दिक कामना गर्दछु ।
नेपाली तथा चिनियाँ जनता बीचको मित्रता र नेपाल तथा चीन सरकार बीचको कुटनैतिक सम्बन्ध निरन्तर मौलाइरहोस । धन्यवाद !
२५ असोज २०७६
काठमडौं, नेपाल
सी.पी.मैनाली
महासचिव, नेकपा (माले)
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend