जन आकाश
काठमाडौं – काठमाडौंको दरबारमार्गमा भिषण आगलागी भइरहेको छ। दरबारमार्गस्थित भिक्टरी लाउञ्जमा आगलागी भएको हो।
शर्ट सर्कीटपछि किचनमा ग्यास सिलीण्डर पड्कीदाँ आगलागी भएको बताइएको छ। आगलागीको कारण एक तल्ला जलेर नष्ट भएको छ भने तल्लो तला र आसपासका घरमा समेत आगलागी फैलिएको छ।
आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको भएपनि नियन्त्रणमा आउन सकिरहेको छैन्। आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका र मध्यपुर ठीमी नगरपालिका, नेपाली सेनाको दमकल, महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले प्रयास गरीरहेको छ।
यसका बावजुद आगलागी नियन्त्रणमा नआएर छेउछाउका घरमा फैलीदैँ गएको घटनास्थलबाट सवांददाताले बताएका छन्।
आगलागीका कारण धेरै धनमालको क्षती भएको भएपनि मानवीय क्षती भने नभएको प्रत्यक्षदर्शीले बताएका छन्। घटनास्थलमा थप दमकल मगाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend