logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विकास र समृद्धिको युग शुरु भएको प्रचण्डको भनाइ


  • जन आकाश
  • बिहिबार, असोज ३० २०७६

चितवन असोज ३०
डबल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको नयाँ युगमा नेपाल हिड्दै छ भन्नुभयो । आज चितवनमा आयोजित चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउन सबै नेपालीले नयाँ संकल्प गर्नुपर्छ भन्दै कार्यक्रमलाइ सम्बोधन गर्नुभएको थियो । चियापानमा तिहार, नेपाल संवत तथा छठ पर्वका अवसरमा डबल नेकपाले चितवनको पार्टीकार्यलयमा चियापानको आयोजना गरेको हो ।कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सुरेन्द्र पाण्डे , लगायतको उपस्थिति रहेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend