जन आकाश
रामेछाप , असोज ३०
दशैँ सकिएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापमा नागरिकता लिनेहरुको भिड बढेको छ । दशैँ मान्न घर आएकारुले यही अवसर पारेर आफ्नो सन्तानहरुलाइ नागरिता पासपोर्ट बनाइदिन लागेको देखिन्छ भने अन्य प्रशासनिक कामहरु जस्तै मालपोतम पनि अन्य बेलाभन्दा सेवाग्रही बढेका छन् देश संघियतामा गएपछि सदरमुकाममा नागरिता मालपोत्ग लगाएतका कामहरु मात्रै हुदै आएका छन रामेछाप जिल्लाको ठूलो जनसंख्या काठमाडौ तथा विभिन्न सहरी क्षेत्रमा बस्ने गर्दछ । त्यस्तै रोजगारीको लागि भारतका विभिन्न सहरमा समेत जाने गरेका छन् ।
रामेछाकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे दशैँ पछि नागरिकता बनाउन आउनेहरुको निक्कै भिड बढेको बताउनु हुन्छ । केहिदिन यता दैनिक २ सयको हाराहारिमा नागरिकाताको प्रमाणपत्र वितरण भइरहेको उहाले बताउनु भयो
नेपालवाट धेरै अगाडी भारत गएका र उतै भारतको रासनकार्ड लिएकाहरुले समेत नागरिता लिन आएको आशंका सिडियो पाण्डेको छ । यदि त्यस्तो कसैले गरेको भेटिए त्यो गैर कानुनी हुने उहाले बताउनु भयो हामीले राम्रोसँग छानविन गरेर मात्र नागरिता उपलब्द गराएका छौ उहाको भनाइ हो यो । तर कुनै पनि नेपाली नागरिकले नागरितावाट बञ्चित हुन नपरोस भनेर सचेत रही काम गरिरहेका छौ भन्नुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend