जन आकाश
काठमाडौं । आज काठमाडौं जिल्ला कमिटी नेकपा (माले)को आयोजनामा नयाँ बानेश्वरस्थित नेपालीहरुको महान चाड बिजयादशमी, शुभदीपावली, म्हःपुजा, छठ तथा उघौली पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना गरिएको थियो ।
कार्यक्रमको सभापतित्व काठमाडौ जिल्ला कमिटीका सचिव सिद्धि महर्जनले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि पार्टीका महासचिव सी.पी. मैनाली रहनु भएको थियो भने पार्टीका स्थायी कमिटी सदस्यहरु, पोलिटब्युरोका सदस्यहरु, केन्द्रीय सदस्यहरु, पार्टीका सदस्यहरु तथा सर्वसाधरणहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सवैले शुभकामना आदानप्रदान गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend