जन आकाश
डिलकुमारि नेपाल शंकर श्रेष्ठ चितवन, (जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मुढा राख्ने म्याजिकहरुमाथि आज दिउसो छानबिन गरेको छ । सवारि साधनमा क्षमता भन्दा बढी यात्रु चढाउनका लागि मुढा राख्ने म्याजिकहरुलाई मात्र ट्राफिक प्रहरीले कडा चेक गरेको हो। केही दिनयता ट्राफिक प्रहरीले भरतपुरको बिभिन्न चोकहरुमा चेकजाँच गर्दै म्याजिकबाटमुढा हटाउन शुरु गरेको हो । पछील्लो समय दसैं यता चेकजाँच गरि म्याजिकमा बीच बीचमा मुढा राख्दा यात्रुलाइ असजिलो भएको भनि गुनासो बढेपछि म्याजिकवाट मुढा हटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र कुमार गिरीले जन आकाश मिडियालाइ बताउनु भएको हो ।
चितवन ट्राफिक प्रहरीले आज आइतबार मात्रै ५० भन्दा बढी म्याजिकबाट करिब एक सय मुढा समाएको छ । भरतपुरको चौबिसकोटीमा आज बिहान ८ बजेबाट ९ः३० बजे सम्म गरिएको चेकजाँचको क्रममा एक सय भन्दा धेरै मुढा हटाईएको हो । सहचालक भएको म्याजिकमा एक वटा मुढा राख्न दिईएको हो ।सहचालक नभएका म्याजिकबाट सबै मुढा हटाईएको छ । चेकजाँचको क्रममा एउटै म्याजिकमा ३ वटा सम्म मुढा राख्ने गरेको पाईयो।अब उनिहरुलाई आगामी दिनमा फेरी मुढा नराख्न सचेत गराउन यो अभियान चलाएको हो।भरतपुर महानगर भित्र चल्ने म्याजिकहरुले मुढा राखेर सिट क्षमता भन्दा बढी यात्रु चढाउने गरेको गुनासो बढेपछी कडा रुपमा चेकजाँच गर्न लागिएको गिरीले बताए । मुढा राखेर सिट क्षमता भन्दा बढी यात्रु चढाउदा दुर्घटना हुन सक्ने भन्दै हटाईएको उनले बताए । यो चेकजाँचलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताए । कम्तीमा पनि हप्तामा २ दिन यसैको लागि चेकजाँच गरिने उहांको भनाई छ ।चालकले सिट बेल्ट नलगाउने, लाइसन्स बिना नै सवारी चलाऊनेहरुलाई पनि कारबाही गरिने गिरीले बताउनुभयो । यस्तै चाडपर्वको बेला गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने सवारीलाई दशैको बेला चेकजाँच गरी करिब ७० हजार गाडीवालाबाट यात्रुलाइ फिर्ता गराएको पनि बताए । मानव सेवा आश्रमलाई मुडा
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले म्याजिकबाट निकालेको मुढा आजै भरतपुरको बाईपासरोडमा रहेको मानव सेवा आश्रमलाईलाई हस्तान्तरण गरेको हो । आज शनिबार चेकजाँचको क्रममा ट्राफिक प्रहरीले म्याजिकबाट निकालेको मुढा मध्य १२ वटा मानव सेवा आश्रमलाईलाई हस्तान्तरण गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन प्रमुख चन्द्र कुमार गिरीले आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई आश्रममै पुगेर मुढा हस्तान्तरण गर्नुभयो
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend