जन आकाश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको सिस्नेखोलाबाट काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्गको आज शिलान्यास गर्नुभएको छ ।
सडक विभाग अन्तर्गतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ । सुरुङमार्गको डिजाइन पनि जापान सरकारले गरेको हो । काम थालेको साढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । यो सुरूङ करिब १५ अर्ब २५ करोडको लागतमा बन्ने बताइएको छ ।यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन टीबीएम को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिनेछ कार्यक्रममा जानकारी दिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend