जन आकाश
काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षको शीर्ष नेतृत्वबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
सो भेटमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संलग्न रहेका थिए । सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङले बताए । भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बताइएको छ ।
बैठकमा ठोस निर्णय नभए पनि सत्ता र प्रतिपक्षबीच कुराकानी भएको बताउँदै नेता नेम्वाङले बेलाबेलामा छलफल गर्दै अघि बढ्नु पर्ने बताए । द्वन्द्वकालीन घटनाबारे विशेष गरी विधेयकबारे छलफल भएको उनले जानकारी दिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend