जन आकाश
काठमाडौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ११६औँ शाखा काठमाण्डोैंको तहाचलमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स ्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको जनाएको छ ।
यो शाखा स्थापना पछि बैंकले आफ्नो सेवा अझ सुदृढ व्यापक बनाउने विश्वास राखेको बताएको छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दैआएको छ ।
यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड ग्राहक मानुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको भनि उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend