जन आकाश
काठमाडौं
हिजो प्रकाशित समाचारको बिषयलाइ लिएर होटल आनान्द प्रा.लि.ले आज प्रेस बिज्ञप्ति प्रकाशित गरी आफ्नो प्रष्टोक्ति पेश गरेको छ । उसले भनेको छ । हिजो नयाँ पत्रिका राष्ट्रिय दैनिकका साथै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति यस प्रालिको गम्भीर ध्यानाकर्षण भएको छ । साथै यस सन्दर्भमा आम जनता तथा सरोकारवालाहरुलाई सत्यतथ्य जानकारी गराउनु हामीले आफ्नो दायित्व सम्झेका छौं ।
पशुपति विकास कोषले आह्वान गरेको सार्वजनिक बोलपत्रअनुरुप प्रतिस्पर्धामा भाग लिइ छनोट भएर सञ्चालनको जिम्मेवारी यस प्रालिले पाएको हो ।
व्यवस्थित, सुविधासम्पन्न, सुरक्षित तथा मर्यादित ढंगले यहाँ आउने तीर्थयात्री तथा पाहुनहरुलाई विशिष्ठ प्रकारको सेवा उपलब्ध गराउन यस प्रालिले आवश्यक पूर्वाधारहरु जस्तैः लिफ्ट, शौचालय, बगैंचालगायतका विषयमा आवश्यक तयारी गरिरहेको छ ।
यस प्रालि र पशुपति विकास कोषबीच भएको सम्झौताबमोजिम तोकिएका मापदण्ड पूरा गर्न कम्पनी सधैँ सचेत र संवेदनशील छ ।
समाचारमा प्रकाशित भएजस्तो धर्मशालामा २८८ कोठाहरु नभइ केबल ८२ कोठामात्र रहेको जानकारी गराउँछौं ।
यो कुनै तारे होटलका रूपमा सञ्चालन नभइ सुविधासम्पन्न धर्मशालाकै रूपमा सञ्चालन हुने व्यहोरासमेत जानकारी गराउँछौं भनि मिलन नेपालीको नामवाट उक्त प्रेस बिज्ञप्ति जारी गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend